गोलबजार नगरपालिकामा मालपोत वृद्धि विरुद्ध संघर्षमा उत्रिने चेतावनीसहित प्रेस विज्ञप्ती

[sharethis-inline-buttons]

नेकपा माओवादी केन्द्र नगर कमिटी गोलबजारले आज एक प्रेस विज्ञप्ती जारी गर्दै गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि मालपोत कर वृद्धि गरिएकोतर्फ पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा माओवादी गोलबजार नगर कमिटीले मालपोत वृद्धि विरुद्ध संघर्ष गर्न एक कमिटी नै गठन गरेको छ ।
गठित संघर्ष समितिका संयोजक जीवन कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ,एकै पटक हजारौ प्रतिशत मालपोत वृद्धि गरिएकोमा हाम्रो महान तथा गौरवशाली पार्टीको ध्यान आकृष्ट भएको छ । गोलबजार नगरपालिकाले कर्पोरेट ( औद्योगिक ) , आवासीय र र कृषि क्षेत्रमा वर्गीकरण गरी गत वर्षसम्म रुपैयाँ ५ मात्र मालपोत तिर्दै आएको कर अहिले रुपैयाँ चार सय तिर्नु पर्ने अवस्था आएको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ ,यो कर वृद्धि नीति नीयम अनुसार नभइ हचुवाको भरमा गरिएको छ । त्यसकारण यो जनविरोधी र किसानमारा नीति हो । एकलौटी रुपमा गरिएको कर वृद्धिबाट नगरका किसान र मजदुरको ढाड भाच्ने काम भएको छ भन्दै किसान मजदुरको जीवनमा नै नाकारात्मक असर पर्ने यो निर्णय तत्कालै सच्याएर मात्र कार्यान्वयनमा ल्याउन जोडदार माग गरिएको छ ।
प्रेस विज्ञप्तीमा वृद्धि गरिएको मालपोत नउठाउन भन्दै जायज माग सुनुवाई नगरिए चरणवद्ध आन्दोलन हुने चेतावनी दिइएको छ ।

 


प्रकाशित : २०८१ भाद्र १५ शनिबार