गोलबजारमा नयाँ माउण्ट एभरेष्ट इन्टरनेशनल कलेज खुल्यो ः “ बिबिए ” पढ्ने सुनौलो अवसर

[sharethis-inline-buttons]

गोलबजारमा ”“बिबिए ” ( ब्याचलर अफ विजनेस एडमिनिष्ट्रेशन ) अध्ययन अध्यापन हुने एउटा नयाँ क्याम्पस खुलेको छ । “माउण्ट एभरेष्ट इन्टरनेशनल कलेज ” को नामबाट स्थापित यो कलेजले राजर्षि जनक विश्वविद्यालय जनकपुरबाट सम्बन्धन प्रप्त गरेको छ । यसै शैक्षिक सत्रदेखि अध्ययन अध्यापन सुरु गर्ने लक्ष्यका साथ विद्यार्थी भर्ना पनि खुला गरिएको छ ।
विगत २० वर्षदेखि शैक्षिक उन्नयनका लागि अब्बल मानिएको माउण्ट एभरेष्ट माध्यमिक विद्यालयका सञ्चालक तथा शैक्षिक अभियन्ता मनोज कुमार यादवको संयोजकत्वमा यो नयाँ क्याम्पस खुलेको हो । नयाँ खुलेको माउण्ट एभरेष्ट कलेजमा दक्ष तथा उच्च प्राज्ञिक तथा शिक्षण कौशल भएका प्राध्यापकहरु व्यवस्था गरिएको छ । शिक्षालाई एकोहोरो मुनाफा केन्द्रित नबनाई सेवाभाव र सामाजिक उत्थानको उद्देश्य पूरा गर्ने ध्येयका साथ माउण्ट एभरेष्ट कलेजको स्थापना गरिएको सञ्चालक मनोज कुमार यादवले बताएका छन् । उनले भने विश्वस्तरीय प्रतिस्पर्धामा भाग लिन सक्ने र सन्तोषजनक नतिजा निकाल्न सक्ने गरी सक्षम नागरिक उत्पादन गर्ने हाम्रो लक्ष्य र उद्देश्य हो । माउण्ट एभरेष्ट कलेजले अध्ययन अध्यापनमा आधुनिकता ल्याउने छ । शैक्षिक सामाग्री , शिक्षण विधि , कोर्ष , भौतिक सुविधा , प्रयोगात्मक कक्षा , डिजिटल उपकरणको प्रयोग , अतिथि लेक्चररको अतिरिक्त शिक्षण , तालिम, सूचना प्रविधिको प्रयोग तथा अभ्यासको माध्यमबाट आधुनिक विश्व सुहाउँदो शिक्षा प्रदान गर्न हामी दत्तचित्त रहने छौं ।


विद्यालय स्तरीय शिक्षाका लागि सिरहा जिल्लामा चर्चित माउण्ट एभरेष्ट माध्यमिक विद्यालयले नयाँ क्याम्पस स्थापना गरेर गोलबजारलाई शैक्षिक हव बनाउन एक कदम अझै अघि सारेको छ । सञ्चालक यादवले “ बिबिए ” पढ्न इच्छुक छाछात्राहरुका लागि यो कलेज सर्वोत्कृष्ट रोजाइ हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

 


प्रकाशित : २०८१ भाद्र १५ शनिबार