
सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ । दिउसो १२ बजेर ३० मिनट जाँदा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरु १५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरुलाई सघाउन १०÷१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरु एक्कासी कार्यालयमा पसेर फाइल, कागजपत्रहरु माथिल्लो तलाबाट भूइतर्फ हु¥याउन थाले ।
नाम उल्लेख नगर्ने शर्तमा सो वित्तीय संस्थाका एक कर्मचारीले भने तल बसेकाहरुले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छोडेनन् । कम्प्यूटरको सिपियू , मोनिटोर र सिसिटिभी क्यामराहरु फुटालिए । इनभर्टरका व्याट्रीहरु क्षतिग्रस्त बनाइएका छन् । कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बीच हातपात र घम्साघम्सी समेत भएको थियो । उनले भने हामी डर त्रासमा छौं ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन् क्षतिको मूल्यांकन यकिन भएको छैन । घटनाको अनुसनधान सुरु गरिएको छ । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । आगजनीर तोडफोडमा संलग्नहरुको पहिचान गरी खोजतलास सुरु गरिएको छ ।
लघुवित्त संस्थाहरुले चर्को व्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरुलाई कारवाही गर्ने अभियानीहरुले दबाव स्वरुप यो हर्कत गरेको हुन सक्ने स्थानीयहरुले बताए ।