ज्ञानका समुन्द्र प्रदीप गिरि भूईँमान्छेका पक्षमा उभिनु हुन्थ्यो – गृहमन्त्री लेखक

[sharethis-inline-buttons]

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई ज्ञानको समुन्द्र रहेको बताएका छन् । प्रदीप गिरि आश्रम लहानमा आयोजित दिवंगत नेता गिरिको दोश्रो स्मृति सभालाई संबोधन गर्दै मन्त्री लेखकले उक्त कुरा बताउनु भएको हो ।
गृहमन्त्री लेखकले प्रदीप गिरि सधै भूईँमान्छेका कुरा उठाउनु हुन्थ्यो भन्दै नेपाली कांग्रेसको दस्तावेजहरुमा “दमजम” अर्थात दलित, महिला, जनजाति र मधेसी उहाँकै बिचार अनुसार समावेश गराइएको बताए । पछि कर्णालीको विकास भन्ने पनि उहाँकै दूरदर्शिताबाट थपिएको हो ।
संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको गिरिले मधेश र मधेशीलाई समेट्न नसकेको भन्दै फरक मत राख्नुभयो र हस्ताक्षर गर्नुभएन । गिरिको व्यक्तित्व परिचय गराउँदै लेखकले भन्नुभयो उहाँको हृदयले स्वीकार नगर्दा कसैको पनि डर मानेर नगल्ने प्रवृतिका हुनुहुन्थ्यो ।
नेपालका कम्युनिष्ट पार्टीका दिग्गज र बिद्वान नेताहरुले पनि प्रदीप गिरिबाट माक्र्सवाद सिक्ने गरेको रहस्य खुलाउँदै लेखकले भन्नुभयो माक्र्सवादी कम्युष्टि सिद्धान्तको पनि उहाँ अध्येता र विश्लेषक हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै स्वर्गीय गिरिकी पत्नी भारती शिलवाल गिरि “पिजी” अर्थात प्रदीप गिरि बहुआयमिक प्रतिभा भएको स्मरण गरिन् । उनले भनिन् पिजी साहित्यकार , राजनीतिज्ञ,अर्थशास्त्री, राजनीतिशास्त्री,लेखक, विश्लेषक सबै थिए । शिलवाल गिरिले “पिजी ” को सम्झनामा आश्रममै प्रदीप गिरि फाउण्डेशन स्थापना गरिएको र यहाँबाट कमजोर वर्गहरुको उत्थानका लागि काम गर्ने घोषणा पनि गरिन् ।
स्मृति सभामा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले प्रदीप गिरिको व्यक्तित्व र किर्तित्वमाथि प्रकाश पारेका थिए ।


प्रकाशित : २०८१ भाद्र ६ बिहीबार