जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यकालागि कार्यादेश

[sharethis-inline-buttons]

काठमाडौं । आधारभूत सङ्गठननिर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जनता समाजवादीपार्टी (जसपा) नेपालले केन्द्रीयअभियन्तालाई कार्यादेश तोकेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिकप्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरुको कार्यादेश तय गरेका हुन् ।
जसअनुसार केन्द्रीयअभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रियमहाधिवेशनमा प्रस्तुत राजनीतिकदस्तावेजका सम्बन्धमाप्रशिक्षणको आयोजना गर्नुपर्ने छ । त्यस्तै विभिन्न राजनीतिकदलहरूसँगजसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडितजाति÷समुदायको पहिचान, राजनीतिकअधिकार, राज्यमा समानप्रतिनिधित्व, सामाजिकविभेद लगायतकाविषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन् ।
त्यस्तै केन्द्रीयअभियन्ताले कोशीप्रदेशको नामखारेजी र ऐतिहासिकपहिचानको आधारमा नामाङ्कन गर्नका लागिदबाबसिर्जना गर्न, समुदायमाजागरणल्याउने र पार्टी विभाजनबारे भण्डाफोर गर्नुपर्ने भनिनिर्देशन गरिएको छ ।
पार्टीका चार सय पन्ध्र जना केन्द्रीयअभियन्तालाई पार्टीको आदर्शहरु सङ्घीयता, सुशासन, सामाजिकन्याय र समाजवादतथापार्टीको लक्ष्य – समाजवादीलोकतन्त्रको अवधारणाबारे र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोणप्रष्ट्याउने गरी केन्द्रीय नेताहरुलाई अभियानमाखटाइने भएको छ ।
चुरे वन संरक्षण सम्बन्धमाजनजागरणअभियान सञ्चालनलाई पनिजसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनिनिर्धारण गरेको छ ।
जसपा नेपालको साउन २७–३० मा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरुलाई अभियन्ताको रुपमा चार महिनापालिकामा संगठननिर्माणकालागिखटाउने निर्णय गरेको थियो ।


प्रकाशित : २०८१ भाद्र ३ सोमबार