नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा

[sharethis-inline-buttons]

नरहा गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सुरेश कुमार कुसियैत विरुद्ध भ्रष्टाचारजन्य अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एक विज्ञप्ती सार्वजनिक गर्दै ती दुई कर्मचारीहरु उपर विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । उनीहरु माथि औषधी खरिदमा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।

गाउँपालिका स्थित स्वास्थ्य चौकीहरुका लागि आर्थिक वर्ष २०७४÷०७५ मा ५७ प्रकारको औषधी खरिद गर्दा विनियोजित रकमबाट नीयम विपरीत भुक्तानी दिइएको अभियोग लगाइएको छ । जिन्सी दाखिला नै नगरी अनियमित रुपमा आपूर्तिकर्ता पेस गरेको बील बमोजिम भुक्तानी दिइएकोले ६ लाख २० हजार ९६ रुपैयाँ अपचलन गरिएको दावी गरिएको छ ।

सो बमोजिमको औषधीजन्य सामाग्री वितरण नगराई हानिनोक्सानी गराएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५७ को दफा १७ बमोजिमको कसुरमा सजाय गर्न माग गरिएको छ ।


प्रकाशित : २०८१ असार २५ मंगलवार