
“सिरहामा जताततै चोरी र डकैति भइरहेको हल्ला फैलिएपछि सिङ्गो जिल्ला आक्रान्त बनेको छ । अफवाहले सिरहामा शान्ति सुरक्षाको अवस्था गम्भीर रुपमा खल्बलिएको छ । मानिसहरु निर्भय भएर निदाउन सकेका छैनन् । स्थानीय प्रहरी र प्रशासनलाई परिस्थिति सामान्य बनाउन हम्मे हम्मे परेको छ । अफवाह ( मावलिचिङ्ग) ले गर्दा निर्दोष मानिसहरु भिडको अविवेकी र निर्मम आक्रमणमा पर्दैछन् । स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ । सामाजिक सञ्जालमा चोरी डकैतिको वारदात भएको पोष्टहरु बाक्लै देखिन्छ । वास्तविकता हो कि अफवाह छुट्याउन कठिन भएको छ । परिस्थिति नियन्त्रणमा लिन सेना , प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । ”
–गत बैशाख ३१ गते लहान नगरपालिका १७ एकरतिया गाउँमा डाका लाग्यो । स्कारपियो चढेर आएका डाकाहरुले गाउँमा बम समेत विस्फोटन गराएका थिए । मैनति यादव , रामबाबु ठाकुर र राजदेव यादव सहित ६ वटा घरबाट करिव ६ लाख बरावरको धनमाल लुटेर लगियो । तर प्रहरीले आजपर्यन्त डाकाहरु पत्ता लगाउन सकेन ।
–गत चैत २५ गते सिरहा सदमुकमा नजिकै महिसोथामा शिव मनी ट्रान्सफर विष्णुपरको रकम बोकेर आइरहेको बेला दिनदाहडै १५ लाख ५० हजार लुटेर लगियो । लुटेराहरु बाइकमा आएका थिए । पेस्तोल देखाएर रकम बोकेको गल्ला लिएर भागे ।
–गत जेठको तेश्रो सातामा धनगढीमाई नगरपालिका ८ कसहा स्थित समृद्धि सहकारीको कार्यालयमा रातको समयमा ताला फुटाएर २३ लाख रकम चोरी भयो । चोरहरु अझै पत्ता लागको छैन ।
–गत असरा २ गते गोलबजार नगरपालिका वडा नं. ४ मा शिक्षक लक्ष्मण महतोको घरमा स्कारपियो चढेर दिउँसै आएका एक हुल मानिसहरु पसे । घरभित्र भएका सामानहरु लुटेर लगेको र कुटपिट गरिएको पीडित परिवारले बताए ।
–औरही गाउँपालिकाको औरही बजारमा रहेको टुडे खोज पत्रिकाको कार्यालयमा असार २ गते राति चोरहरुले ताला फुटाएर सटर खुल्ने असफल प्रयाह गरेका थिए । पत्रकार सन्तोष यादवले उक्त घटना बारे सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
आधा दर्जन जति यस्ता वारदातहरुले समाजको मनोविज्ञानमा डर पैदा गरिदियो । अहिले सिरहामा जताततै चोरी र डकैति भइरहेको र डाकाहरु दिउँसै स्कारपियो र बाइकमा आएर लुटपाट गर्ने गरेको अप्रत्याशित रुपमा हल्ला फैलिएको छ । जिल्लाको कुना कुनामा रातभरी मानिसहरु जाग्राम बस्ने गर्न थालेका छन् । जिल्ला भरमा डर र त्रास फैलिएको छ । अपरिचित मानिस भेटियो भने घेरा हाल्ने , सोधपुछ गर्ने र कतिपय स्थानमा मरनासन्न हुने गरी कुटपिट गर्ने गरेका घटनाहरु सार्वजनिक भएका छन् । सामाजिक सञ्जालहरुमा गाउँ गाउँमा चोर आएको र कतिपय स्थानमा पक्रेर कुटपिट गरिएको वा प्रहरीलाई बुझाइएको तस्बिर र भिडियोहरु सार्वजनिक भएका छन् ।
चोरी डकैति हुने डरले समाज आक्रान्त छ भने अर्कोतिर अफवाहका भरमा ( मावलिचिङ्ग ) निर्दोष मानिसहरु माथि कुटपिट हुन थालेको छ । अपरिचित व्यक्ति देख्नासाथ भिडले मरनासन्न हुने गरी कुटपिट गर्न थालेका छन् । पत्रकार महासंघ सिरहाका उपाध्यक्ष गणेश साह भन्नुहुन्छ सिरहामा यतिबेला शान्ति सुरक्षाको अवस्था नाजुक छ । जताततै भय र त्रास फैलिएको छ । कुनै पनि गाउँमा मानिसहरु ढुक्कका साथ निदाउन सकेका छैनन् ।
गोलबजार नगरपालिकाका ग्रेडर चालक झगरु महरा गत असार २ गते एक महिला साथीलाई घर पु¥याउन वडा नं. १२ बेतौनातर्फ गएको तर फर्किने क्रममा स्थानीयले उनलाई डाका गर्न आएको भनेर निर्घात कुटपिट गरेर प्रहरीलाई बुझाइयो । डाका आरोपित गर्दै उनको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरियो ।
असार ४ गते दिउँसो सिक्री थुतेर भाग्न लागेको भन्दै एक जनालाई भिडले प्राणहन्तक कुटपिट गरेको , प्रहरीले उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गराएको छ । उनको खप्पर फुटाइएको छ । दर्जनौ टाँका लगाउनु परेको छ ।
पत्रकार जिवछ यादव उदासी भन्नुहन्छ , समाजमा एकदमै त्रास फैलिएको छ । गाउँमा रातभरी मानिसहरु जाग्राम बस्ने गरेका छन् । फलानो गाउँमा दिउँसै डाका पस्यो , फलानो गाउँमा चोरी भयो भन्ने छिनछिनमा हल्ला आइपुग्छ । सामाजिक सञ्जालमा चोरी डकैति बढेको पोष्टहरु छ्याप५याप्ती छ । पत्रकार यादव भन्नुहुन्छ , “लहान नगरपालिका १७ एकरतिया गाउँमा भएको डकैतिले समाजको मनोविज्ञानमा नराम्रो असर पा¥यो । प्रहरीले घटनामा संलग्न कुनै पनि अपराधिको सुराक पाउन सकेन । त्यही घटनादेखि हल्ला फैलिन सुरु भएको हो । ”
पूर्व प्रदेश सांसद जगत यादव भन्नुहुन्छ , केही हुँदै नभएको होइन । चोरी डकैतिको घटनामा वृद्धि भएकै हो । दुई दिन अघि मेरो गाउँमा राति ९ वजेतिर फायरिङ्ग भएको सुनियो । तर त्यो भन्दा पनि खतरनाक स्थिति चाहिँ अफवाह फैलियो । अफवाहले डर त्रास पनि बढ्यो र मानिसको भिड जम्मा भएर अपरिचितलाई मरनासन्न हुने गरी कुटपिट गर्ने घटना बढ्यो । यो मावलिचिङ्गले समाजमा बित्थामा कसैको ज्यान जान सक्छ । चोरी डकैति र अफवाह दुबै नियन्त्रण गर्नुपर्छ ।
अफवाह फैलिएर स्थिति बिग्रदै गएपछि सुरु सुरुमा स्थानीय प्रशासन र प्रहरीका युनिटहरुले प्रेस विज्ञप्ती प्रकाशित गरी जनतालाई शान्त रहन र हल्लाको पछि नलाग्न आग्रह ग¥यो । तर स्थिति कावु बाहिर जान लागेपछि प्रमुख जिल्ला अधिकारी , प्रहरी उपरीक्षक , सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका एसपी सहित सुरक्षा अंगका प्रमुखहरु दर्जनौ गाडीमा सुरक्षाकर्मीहरु लिएर रातभरी गस्तीमा कुद्न थालेका छन् । हुँदा हुँदा परिस्थिति यतिविघ्न बिग्रियो कि स्थानीय प्रशासनले नेपाली सेनाको मद्दत मागेको छ । सेनाले स्थानीय प्रशासनको अनुरोधमा सैनिक पेट्रोलिङ्ग बढाएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल भन्नुहुन्छ, “स्थिति सम्हाल्न कोसिस गर्दैछौं । हामी हैरान भैसक्यौ । म आफै, नेपाल प्रहरीको एसपी साहव , सशस्त्र प्रहरीका एसपी , राष्ट्रिय अनुसन्धानका एसपी निरन्तर गस्तीमा हिँडेका छौं । सेना समेत परिचालन गरिएको छ । कताबाट यो अफवाह फैलियो –फैलियो ? त्यसै डार त्रास फैलिएको छ ।
दाहल भन्नुहुन्छ , “एउटा गाउँकाले अर्को गाउँमा मानिसलाई कुटेर मार्ने अवस्था छ । पत्रकार मित्रहरुले पोजेटिभ लेखिदिनु प¥यो । अफवाह चिरेर समाजलाई शान्त हुन मद्दत गर्नु प¥यो । स्थानीय प्रशासन र प्रहरी २४ सैं घण्टा शान्ति सुरक्षको प्रत्याभूति दिन तैनाथ र सकृय छ । भ्रममा नपर्न र अफवाहको पछि नलाग्न प्रमुख जिल्ला अधिकारी दाहालले आग्रह पनि गर्नुभयो ।” प्रजिअ दाहालले सामाजिक सञ्जालमा झुठा कुराहरु पोष्ट नगर्न सबैमा आग्रह गर्नुभएको छ ।”
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी उपरीक्षक रमेश पण्डितले भन्नुभयो, “ हामीले सम्पूर्ण जनशक्ति परिचालन गरेका छौं । सशस्त्र प्रहरीको मद्दत पनि लिएका छौ । म आफै २४ सै घण्टा गस्ती गर्दै हिँडेको छु । चोरी डकैतिका वारदात भएकै छैन तर अफवाह ज्यादा फैलियो । अफवाहले त्रास फैलियो । अपरिचितहरुमाथि अनावश्यक आक्रमण हुन थाल्यो । हामी सिरहाली जनतालाई आस्वस्त गराउन चाहान्छौं कि प्रहरी पूरै क्षमताका साथ सकृय छ । शान्ति सुरक्षा कायम रहन्छ । चोरी डकैति नियन्त्रण हुन्छ । कानून हातमा नलिन र कुनै घटना भए प्रहरीलाई खवर गर्न उहाँले आग्रह गर्नुभएको छ । ”
सिरहाको चोहर्वा स्थित नेपाली सेनाको नन्दा बक्स गणका गणपति सुमन श्रेष्ठले भन्नुभयो , “यसलाई सेना परिचालन भन्न मिल्दैन तर शान्ति सुरक्षको अवस्था बिग्रेकोले हामीले पनि पेट्रोलिङ्ग बढाएका छौं । सेनाको नियमित पेट्रोलिङ्गमा वृद्धि गरिएको हो । गणपति श्रेष्ठले भन्नुभयो जनतालाई आस्वस्त गर्न चाहान्छौ कि सुरक्षाको प्रत्याभूति दिइने छ । हल्लाको पछि नलाग्न र भयमुक्त हुन उहाँले आग्रह गर्नुभयो ।”
माओवादीका नेता रामचन्द्र सिंह भन्नुहुन्छ , “लागू पदार्थ दुव्र्यसनीहरुको ठूलो जमात छ । उनीहरु दिउँसै एउटा मोटर साइकलमा चार जनासम्म चढेर हिँडछन् । उनीहरुसँग खुकुरी, कट्टा र कटुवा बन्दुक समेत हुन्छ । प्रहरीले ठाउँ ठाउँमा धराप थापेर गौंडा कुरेर त्यस्ता समूह र हुललाई नियन्त्रणमा लिनुपर्छ । दुव्र्यसनीहरुले लागू औषधका लागि पनि लुटपाट गर्न थालेका छन् । ”
नेपाली कांग्रेसका नेता चन्द्रदेव यादव भन्नुहुन्छ, “ यति बेला स्थानीय निकायहरुले मायकिङ्ग गरेर जनचेतना फैलाउनु पर्छ । प्रहरी , जनप्रतिनिधि , पत्रकार र व्यापारी वा समाजका अन्य तप्काहरुलाई बोलाएर छलफल राख्नुपर्छ । अनि समाधान निस्कन्छ ।