
गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले एमालेको बैठकमा आउँदा कार्यकर्ताहरुले मोवाइल फोन बोकेर आउन नपाउने उर्दी जारी गरेको एक कार्यकर्ताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् । जेठ ३० गते चोहर्वा दरवारमा आयोजित एमाले कार्यकर्ता भेलामा मेयर श्रेष्ठले भनेको उद्धृत गर्दै ती कार्यकर्ताले भने , यहाँ बैठकमा जे जे कुरा हुन्छ तुरुन्त पत्रकारले थाहा पाइहाल्छ । त्यसकारण अब बैठकमा प्रवेश गर्नु अघि मोवाइल फोन एक ठाउँमा जम्मा गरेर मात्र पस्न दिइने छ । अन्य जासुसी क्यामरा लगाएको हुसक्छ त्यसकारण मेटल डिटेक्टर लगाएर मात्र बैठकमा छिर्न दिने व्यवस्था गर्नुपर्छ । मेयर श्रेष्ठको कुरा सुनेर केही कार्यकर्ताहरुले तत्कालै विरोध गरेको सुत्रहरुले बताएका छन् । हामी कार्यकर्ता हौं दास होइनौ , मोवाइल जम्मा गराएर बैठकमा छिर्नु परे बैठकमै बस्दैनौ भन्दै मेयरलाई जवाफ फर्काएको एक कार्यकर्ताले बताएका छन् ।