आज जेठ १५ गते अर्थात गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन नेपालमा परम्परागत राजतन्त्रको समाप्ती र गणतन्त्रात्मक नेपालको घोषणा गरिएको दिन । गणतन्त्र घोषणाको १७ हौं दिवसमा आज गोलबजार नागरिक समाजले गोलबजारको गोलम्बर चौकमा दीप प्रज्वलित गरेको छ । सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै वयोवृद्ध वामपन्थी नेता रामजी यादवले गणतन्त्र आएपनि नेताहरुको चरित्र सुधार र राज्य व्यवस्थाको प्रणाली सुधार गर्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सिंहले भन्नुभयो , वंशानुगत राजतन्त्रात्मक प्रणाली फालेर हामी नागरिगमा रुपान्तर भएको दिन दीप प्रज्वलित गरेर मनाउनु हर्षको विषय हो । वुद्धिजीवी प्रदीप साहले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।