सिरहामा राईहरुले साकेला उभौली पर्व मनाए

[sharethis-inline-buttons]

सिरहाको जिरोमाइलमा राई जातीहरुको पर्व साकेला उभौली पर्व हर्षोल्लासका साथ मनाइएको छ । जिरोमाइलको खेल मैदानमा सभा गर्नुअघि राई जातीका नरनारी तथा बालबालिकाहरुले जातीय पहिरनमा बजार परिक्रमा गरेका थिए । जातीय वस्त्राआभूषणमा सजिएका नरनारी तथा किशोर किशोरीहरुले नाचगान गरेका थिए ।

साकेला उभौलीका अवसरमा आयोजित सभामा मधेसी आयोगका सदस्य जीवछ साह, राई अगुवा तेजबहादुर मगर , युवा अभियन्ता डोनेक मोक्तान , अभरेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका नेता उत्तर बहादुर मगरले सम्बोधन गरेका थिए । सो अवसरमा जातीय पहिचान जोगाउन भाषा, संस्कृति, भेषभूषा र चाडपर्व जोगाउनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

साकेला उभौलीको अवसरमा नेपालको तराई मधेस क्षेत्रमा ३ सय वर्ष अघिदेखि नै किराँत जातीहरुको बसोबास रहेको दर्साइएको थियो । सिरहामा राई जातीका विभिन्न थरका करिव ५ सय घरधुरीको बसोबास रहेको कुरा रामकाजी राई वान्तवाले जानकारी दिए । उनले भने नेपालमा बोलिने भाषहरु मध्ये २७ वटा भाषा राई मुन्धुमहरुको रहेको छ ।

 


प्रकाशित : २०८१ जेष्ठ १२ शनिबार