मुक्ति नेपाल नामक गैर सरकारी संस्था तथा जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त तत्वावधानमा गोलबजारमा हानिकारक परम्परा अभ्यास तथा अपराध नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । गोलबजारस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा किशोर किशोरीहरु, महिला समूहहरु तथा अगुवा महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गोलबजार नगरपालिकाकी उप प्रमुख प्रमुख मान्ती साह अतिथिका रुपमा र अतिथिका रुपमा सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, प्रहरी उपरीक्षक रमेश पण्डित , सशस्त्र प्रहरी उपरीक्षक शिव गैरे तथा राष्ट्रिय अनुसन्धानका एसपी पनि सहभागी भएका थिए । कार्यक्रम मुक्ती नेपालकी अध्यक्ष देव कुमारी महराको ऋधयक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मुख्यतः बाल विवाह , बोक्सी प्रथा , दाइजो प्रथा तथा छुवाछुत जस्ता परम्परागत अभ्यासहरु मानव अधिकार विरुद्ध तथा मानव समाजका लागि हानिकारक भएको कुरामा जोड दिइएको थियो । यस्ता प्रथाहरु संस्कृतिको रुपमा मान्य नहुने र कानूनले समेत प्रतिवन्ध लगाएकोले यसलाई सामाजिक अभ्यासबाट पनि हटाइनु पर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए । किशोर किशोरी तथा महिला समूह , गैर सरकारी संस्था , सामाजिक अगुवा र प्रहरी प्रशासनको संयुक्त प्रयाशबाट मात्र सामाजिक सुधार तथा रुपान्तरण गर्न सकिने बताउँदै सुन्दर र समुन्नत समाज निर्माण गर्न साझा प्रयत्नको आवश्यकता औंल्याइएको थियो ।
मुक्ती नेपाल विगत एक दशकदेखि सिरहामा महिला सशक्तिकरण तथा बाल विवाह तथा लैङ्गिक हिंसा रोक्न कार्यरत गैर सरकारी संस्था हो । यो संस्थाले सामाजिक रुपान्तरणका लागि जनवकालत तथा पैरवी गर्दै आएको छ ।