सल्हेस सामुदायिक वन उपभोक्ता समितिले बलडाडालाई पर्यटकीय क्षेत्र बनाउने –अशोक यादव

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका वडा नं. १ बलडाडा गाउँमा अवस्थित सल्हेस मन्दिर परिसरमा गत बैशाख २ गते भव्य मेला लागेको थियो । उक्त मेलामा मधेस प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवले अवलोकन भ्रमण गर्नुभएको थियो । मेलामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो , सल्हेससँग जोडिएको यो सामुदायिक वन र यहाँको मन्दिर परिसर निकै आकर्षक छ । यो वनलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्न मधेश प्रदेश सरकारले सहयोग गर्ने छ । मेलामा गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र उप प्रमुख मान्ती साह पनि उपस्थित रहनुभएको थियो ।

सल्ेस सामुदायिक वनका अध्यक्ष अशोक यादवले हरेक वर्ष बैशाख २ गते जात्रा लगाउने र वनको संरक्षण गरी हरियाली वृद्धि गर्ने र ताल तलैया निर्माण गरी प्रकृति संरक्षण तथा आन्तरिक पर्यटनको विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।


प्रकाशित : २०८१ बैशाख ५ बुधबार