कृषि पेसा र मन्त्रालय दुवैलाई आकर्षक बनाउनु छ ः कृषि मन्त्री साह

[sharethis-inline-buttons]

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले कृषिकै माध्यमबाट देश समृद्ध बन्न सक्ने जिकिर गरेकी छिन् । सिरहाको गोलबजार नगरपालिका २ गुरुधामस्थित कुम्भिखाडी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं वर्षिक साधारणसभालाई सम्वोधन गर्दै देश विकासको लागि कृषिमा उचित लगानी आवश्यक रहेको बताएकी हुन् ।
देश विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने अवस्था हुँदाहुँदै पनि कृषिमा उचित लगानी नभएको भन्दै मन्त्री साहले भनिन्, ‘देश समृद्ध बनाउन कृषिको महत्वपूर्ण योगदान रहने बुझ्दाबुझ्दै पनि यो मन्त्रालय अकर्षणविहीन मन्त्रालयको रुपमा परिचित छ । कृषिमा लगानी वृद्धि गर्दै उत्पादकत्व बढाएर देश समृद्ध बनान र मन्त्रायलाई पनि आवर्षक बनाउन जरुरी छ ।’


उनले स्थानीय र प्रदेश सरकारले पनि कृषिको दिगो विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिइन् । सोही क्रममा उनले आफू प्रकृयाभन्दा कृषिक्षेत्रलाई आधुनिक, उत्पादनमुलक र व्यवसायिक बनाउन नीति निर्माणमा जोडदिने बताइन् । उनले भनिन्, ‘कृषि विकासको लागि हामीले धेरै काम गर्नु पर्ने छ । त्यसैको लागि सवैभन्दा पहिला नीति आवश्यक रहेकोले म प्रकृयामा भन्दा नीति निर्माणमा बढी जोड दिन्छु ।’
उनले कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिक, उत्पादनशील बनाएर यो पेशा र मन्त्रालय दुवैलाई आकर्षक बनाउने सरकारको दायित्व रहेको बताइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य मनोज सिंह, सिरहा नगरपालिकाका मेयर नवीन यादव, गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख मानतीसाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


गोलबजार नगरपालिका वडा नम्वर २ का अध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष सुकदेव सिंहको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रमको सञ्चालन योगेन्द्र सिंह र स्वागत रेणूदेवी महतोले गरेका थिए । सवै शेयरधनीलाई प्रेसर कुकर प्रदान कुम्भिखाडी साना किसान कृषि सहकारी संस्था लिमिटेडले ११ औं वर्षिक साधारणसभाको अवसर पारेर आफ्ना शेयधनीहरुलाई एक– एक थान प्रेसरकुकर प्रदान गरेको छ । संस्थाको शेयर बोनस कोषबाट ७ सय १३ जना शेयरधनीहरुलाई पे्रसर कुकर प्रदान गरिएको संस्थाका प्रवन्धक संजय कुमार साहले जानकारी दिए ।


प्रकाशित : २०८० चैत्र २८ बुधबार