
एसइइको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको छ । फ्लाप बनाउन सकृय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरु कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यासछ्यास्ती बनाइएको छ ।
परीक्षा हल वरिपरी फोटोकापी मेसिन सहित चिट बनाउने टोलीहरु बग्रेल्ती बसेका छन् । उनीहरुको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।
प्रकाशित : २०८० चैत्र १६ शुक्रबार