पायक पर्ने स्थानमाा एसइइ परीक्षा केन्द तोक्न सुनका औंठी र सिक्री उपहार ः बिबादित शशी यादव विभागमा तानिए

[sharethis-inline-buttons]

गुणस्तरीय शिक्षाको राग जति अलापे पनि शैक्षिक कृयाकलापमा चरम निकृष्टता प्रदर्शन भएरै छोड्छ । विगतका अलोचनाहरुबाट साल वासाल सुधार हुँदै जानु पर्ने हो तर झन् झन् अधोगतिमा गिर्दै रसातल छुन आँटेको शैक्षिक प्रवन्धनले ।

आगामी चैत्र १५ गते देखि हुने एसइइ परीक्षाको लागि सिरहामा पायक पर्ने परीक्षा केन्द्र र मन पर्ने केन्द्राध्यक्ष मिलाउन सुनका औंठी र सिक्री उपहार चढाइएको घटना प्रकाशमा आएको छ । शिक्षा विकास तथा समन्वय इकाई सिरहाका हाकिमहरुलाई रिझाउन र भनेको स्थानमा परीक्षा केन्द्र र रुचाएको व्यक्तिलाई केन्द्राध्यक्ष बनाउन सुनका आंठी र सिक्री उत्कोच दिइएको सुत्रहरुले बताएका छन् ।

यस वर्ष ढिलो गरी परीक्षा केन्द्र तोक्ने कार्य भयो । ढिलो हुनुको कारण नजराजा संकलन गर्नैका लागि हो भन्ने कुरा जिल्लामा व्यापक चर्चा चुलिएको थियो । यस वर्ष असुलीका आधारमा परीक्षा केन्द्र तोकिने प्रवल सम्भावना रहेको पनि शैक्षिक क्षेत्रमा सरोकारवालाहरुले आशंका गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाई सिरहामा संस्थागत विद्यालयका संस्थापकहरुको डौडधुप बाक्लै देखिन्थ्यो । आशंका गरिए मुताविक सामुदायिक विद्यालयमा पहिलेदेखि कायम कतिपय परीक्षा केन्द्रहरु खारेज गरिएको छ भने संस्थागत विद्यालयहरुमा नयाँ परीक्षा केन्द्र तोकिएको छ । त्यसैगरी विद्यार्थीहरुलाई १५–२० किलोमिटर पर जानु पर्ने गरी परीक्षा केन्द्र तोकिएको छ । उत्तरी क्षेत्रका विद्यालयहरुलाई वोर्डर छेउका विद्यालयहरुमा पठाइएको छ । जसको कारण परीक्षा अघि नै विद्यार्थीहरु मानसिक तनावमा परेका छन् । नजराजा लिएकै भरमा परीक्षा केन्द्र उलटपुलट पारिएको छ । केन्द्राध्यक्षहरुको सुची पनि तयार पारिएको बुझिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाले गरेको परीक्षा व्यवस्थापनबाट प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल पनि असन्तुष्ट रहनुभएको बुझिएको छ । सरस्वती मा.वि. गोलबजारको परीक्षा केन्द्र रद्द गरिएको विषयमा डेलिगेशन गएको टिमसँग कुराकानी गर्दै प्रजिअ दाहालले असन्तुष्टि व्यक्त गर्नुभएको एक सहभागीले दावानललाई जानकारी दिएका छन् । त्यसैगरी सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यार्थीहरुले राजमार्ग अवरुद्ध गरेर आन्दोलन नै गरेका थिए ।

पत्र पत्रिकामा शिक्षा विकास तथा समन्वय इकाई सिरहा र त्यहाँका प्रमुख शशी यादवको व्यापक आलोचना भएपछि उनी विभागमा तानिएका छन् । जिल्लामा यतिबेला सर्वाधिक चर्चाको पात्र बनेका यादवले एसइइ परीक्षा व्यवस्थापनमा करोडौ रकम नगद र सुन असुलेको चर्चा छ ।

यस सन्दर्भमा शशी यादवलाई सोध्दा उनले यी हल्लाहरु निराधार र असत्य भएको दावी गरे । उनले भने परीक्षा केन्द्र आफूले भनेकै स्थानमा र केन्द्राध्यक्ष आफू नै बन्न किन मरिहत्ते गर्छन् ? नपाएकाहरुले पैसा खायो भन्छन् । प्रमाण भए अख्तियारमा उजुरी गरिदिए हुन्छ ।

परीक्षा केन्द्र व्यवस्थापनमा बिबादमा परेका शशी यादवलाई विभागमा बोलाइएको र उनको स्थानमा अर्को व्यक्तिलाई पठाउने तयारी गरिएको शिक्षा मन्त्रालय सुत्रले जानाएको छ ।

 

 


प्रकाशित : २०८० चैत्र ९ शुक्रबार