दिवंगत कम्युनिष्ट नेता धर्मनाथ यादवको अन्त्येष्टि

[sharethis-inline-buttons]

हिजो फागुन २९ गते दिवंगत हुनुभएका पाका कम्युनिष्ट नेता तथा पूर्व प्रदेश प्रमुख धर्मनाथ यादव ( मास्टर साहेब ) को आज सद्गत गरिएको छ । नेता यादवको जन्मस्थान सुखीपुर नगरपालिका –६ खरहिटोल गाउँमा धार्मिक परम्परा अनुसार दिउँसो २ बजे अन्त्येष्टि गरिएको हो ।
नेता यादवलाई उहाँकै सुपुत्र रुद्र नारायण यादवले मुखाग्नि दिनुभएको थियो । अन्तिम संस्कार गर्नु अघि श्रद्धाञ्जली दिन यादवको पार्थिव शरीरलाई खरहिटोल स्थित निज निवासमा राखिएको थियो । यादवलाई श्रद्धाञ्जली दिन नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे आउनु भएको थियो । पाण्डेले दिवंगत यादवको पार्थिव शरीरमा पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा ओढाउनु भएको थियो । श्रद्धाञ्जली दिंदै उपाध्यक्ष पाण्डेले भन्नुभयो धर्मनाथ यादव देशकै लोकप्रिय कम्युनिष्ट नेता हुनुहुन्थ्यो । पार्टीको विस्तारमा उहाँले दिनुभएको योगदान एमाले पार्टीमा सदा स्मरणीय रहने छ । उपाध्यक्ष पाण्डेले शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्नुभयो । लोकप्रिय नेता यादवको अन्त्येष्टिमा जनमानसको विशाल उपस्थिति थियो । दिवंगत नेता यादव विक्रम सम्बत २००० सालमा जन्मिुनु भएको थियो । २०१६ सालमा कम्युनिष्ट पार्टीमा आवद्ध हुनुभएका यादव शिक्षण पेशामा पनि लाग्नु भएको थियो । २०७६ सालमा लुम्विनी प्रदेशका प्रदेश प्रमुखमा नियुक्त भएपछि १८ महिना सो पदमा बसेर राष्ट्र सेवा गर्नुभएको थियो । दिवंगत नेता यादव सत्चरित्त , निष्कलंक र अत्यन्त सादगीपूर्ण जीवन जिउने नेताको रुपमा सर्वप्रिय थिए ।


प्रकाशित : २०८० फाल्गुन ३० बुधबार