दमारमा खानेपानी आपूर्ति गर्न गोलबजार नगरपालिकामा ज्ञापन पत्र

[sharethis-inline-buttons]

सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक डा. जय नारायण यादवले गोलबजार नगरपालिकामा एक ज्ञापन पत्र बुझाएका छन् । गोलबजार नगरपालिका वडा नं. ३ दमार गाउँको दलित बस्तीमा खानेपानीको हाहाकार भएको विषयमा डा. यादवले ज्ञापन पत्र बुझाएका हुन् । फागुन ८ गते बुझाइएको ज्ञापन पत्रमा डा. यादवले दमारमा खानेपानीको हाहाकार भएको र त्यहाँको जनजीवन ज्यादै कष्टकर भएको उल्लेख गरेका छन् । उनले दमार गाउँको स्थलगत भ्रमण गरी त्यहाँको दारुण अवस्था बुझेर ज्ञापन पत्र दिन बाध्य भएको बताएका छन् ।
डा. यादवले दमार गाउँमा तत्कालै खानेपानीको वैकल्पिक व्यवस्था गर्न तथा क्रमश स्थायी समाधान खोज्न पनि नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । २१ सौं शताब्दीको वैज्ञानिक तथा प्रविधियुक्त समाजमा दमारबासीले खानेपानीका लागि दुःख झेल्नु परेकोमा डा. यादवले चिन्ता व्यक्त गरेका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा डा. यादवले ट्रयांकरमा ओसारेर भए पनि दमारबासीलाई पानी आपूर्ति गर्नु पर्ने माग गरेका छन् ।


प्रकाशित : २०८० फाल्गुन ९ बुधबार