२८६० औं मञ्जुश्री सम्वत तथा सोनाम ल्होछारको अवसरमा सिरहाको गोलबजार नगरपालिका वडा नं. ३ स्थित मुसहर्नियाँ गाउँमा एक भव्य साँस्कृतिक उत्सवको आयोजना हुने भएको छ । डुक मु पोख्री सोनाम ल्होछारको अवसरमा यहाँका तामाङ्ग समुदायका युवाहरुले विशेष कार्यक्रमको आयोजन ागर्न लागेका हुन् ।
मधुश्री सौन्दर्य र नेपाली गीत, संगीत र नृत्यको भङ्गिमाले आजको साँझलाई उल्लास र आनन्दको अतिरेक बनाउन नेपालका ख्याति प्राप्त कलाकारहरु बोलाइएका छन् । आयोजक मध्येका एक तथा समाजसेवी मवेश घिसिङ्ग भन्छन् गायिका एलिना चौहान , गायक महेश काफ्ले , गायक तारा प्रकाश लिम्बु , नर्तक सोनु र अन्य रैथाने कालाकारहरुले आ–आफ्नो कला र गला प्रस्तुत गर्नेछन् । उनका अनुसार कार्यक्रम सम्साँझै सुरु हुने छ । दर्शकदीर्घालाई बेलेमा मुसहर्नियाँ आउन आयोजकले सार्वजनिक सूचनामार्फत निम्ता गरिएको छ ।
तमाङ्ग समुदायले धार्मिक तथा साँस्कृतिक पर्वको रुपमा मनाउने गरेको सोनाम ल्होछारको अवसरमा मुसहर्नियाँ गाउँमा हरेक वर्ष हर्ष बढाईँ तथा साँसकृतिक उत्सवको आयोजना गरिन्छ । स्थानीय दीपेश लामा भन्छन् , तामाङ्ग भाषामा ल्हो अर्थात नयाँ र छारको अर्थ वर्ष हुनाले यसलाई नयाँ वर्षको पर्व भन्दा पनि हुन्छ । माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्षको आरम्भ भएको मानिन्छ ।