फिजियोथेरापी उपचार प्रति जन विश्वास बढदो

[sharethis-inline-buttons]

डा. राकेश साह

मानिसको जीवनशैलीसँग फिजियोथेरापीको अन्योन्याश्रय सम्बन्ध छ । मानव स्वास्थ्यका लागि फिजियोथेरापीको महत्व दिनप्रतिदिन बढदै गएको छ । गोलबजार फिजियोथेरापी एण्ड रिहाविलिटेशन सेन्टर प्रा.लि. का सञ्चालक डा. राकेश साह भन्छन्, “ मैले दुई वर्ष अघि क्लिनिक सञ्चालनमा ल्याउँदा फिजियोथेरापी के हो भन्ने सामान्य जानकारी समेत समुदायमा देखिएको थिएन । ” तर अहिले अवस्था फेरिएको छ । हाड जोनी र नशाका बिरामीहरु ऋाफै फिजियोथेरापी परामर्श लिन आइरहेका छन् । तर अझै जनचेतना फैलाउन आवश्यक छ । फिजियोथेरापीको व्यापक प्रचार प्रसारबाट समाजमा मानवले आरोग्यता प्राप्त गर्न सक्छन् ।

फिजियोथेरापी के हो , कसरी गरिन्छ ? कस्ता बिरामीहरुलाई फिजियोथेरापी उपचार चाहिन्छ र यस विधिबाट के लाभ हुन सक्छ भन्ने बारे जनचेतना फैलाउन हाम्रो क्लिनिकले बेलाबखतमा समुदायमा निशुल्क शिविरहरु सञ्चालन गरिरहेको छ ।

१. फिजियोथेरापी के हो ?

सामान्य भाषामा भन्नुपर्दा थेरापीको अर्थ उपचार हुन्छ । फिजियोथेरापी भनेको शारिरीक व्यायाम तथा मेसिनको साहायताले रोगको निदान गर्ने उपचार विधि हो । यो उपचार विधिले औषधीको प्रयोग नगरी शरीरको समस्या समाधान गर्ने हुँदा कुनै साइड इफेक्ट हुने पनि डर हुँदैन ।

२. फिजियोथेरापी कस्ता व्यक्तिहरुका लागि प्रभावकारी हुन्छ ?

कतिपय मानिसले फिटनेसका लागि फिजियोथेरापी गर्छन् । केही मानिसहरु कुनै किसिमको शारिरीक समस्या नहोस् भनेर फिजियोथेरापी गर्छन् । रोग लागिसकेपछि भने फिजियोथेरापी अत्यन्त आवश्यक हुन आउँछ । सामान्यतयाः यी विभिन्न रोगहरुका लागि फिजियोथेरापी उपचार विधि आवश्यक र लाभदायक हुन्छ ।

हाड जोनीको कुनै पनि समस्या ,घुँडा दुखेको ढाड र गर्धनको नशा च्यापिएको , कुम जाम भएको , प्यारालाइसिस ( स्ट्रोक ) जन्मजात शिशुहरुको हातखुट्टा नचल्ने , प्लाष्टर पछि वा पोलिएको कारण जोर्नीहरु जाम भएको अवस्थामा अप्रेशन गरिसकेपछि र स्वास प्रस्वासका बिरामी ( निमोनिया वा आस्थामा ) मा फिजियोथेरापी अत्यन्त उपयोगी उपचार विधि सावित हुन्छ । रोग निदान गरी आरोग्य प्राप्त गर्न यो विधि सरल , सहज र सुलभ छ । यस्ता बिमारीहरु ीफजियोथेरापी विधिबाट उपचार गरी निर्मुल पार्न सकिन्छ ।

३. फिजियोथेरापी र थेरापीमा के फरक छ ?

हाम्रो क्लिनिकमा आउनु हुने धेरैजसो बिरामीहरुले भन्ने गर्छन् , “ मलाई थेरापी गराउनु छ ” । त्यसो भन्नु गलत पनि होइन । दुईवटा शब्दहरु छन् फिजियो र थेरापी । खासमा थेरापीको अर्थ उपचार हो । र फिजियोको अर्थ व्यायाम हो । उपचार गर्ने विधि चाही फिजियोथेरापी हो । यस विधिमा रोगको पहिचान गरेर बिरामीलाई चाहिने व्यायाम र साथसाथै विभिन्न प्रकारका विद्युतीय उपकरण ( इलेक्ट्रोथेरापी ) प्रयोग गरी उपचार गरिन्छ । यस प्रकार बिरामीलाई रोगमुक्त पारिन्छ । म्यानुअल थेरापी जुन हातले गरिन्छ त्यो पनि अत्यन्तै लाभदायक हुन्छ । जोर्नीहरु जाम भएको , मांसपेशीहरु ध्ेरै नै टाइट भएको अवस्थामा हामी म्यानुअल थेरापी दिन्छौं ।

फिजियोथेरापी शब्दको अर्थ धेरै जनालाई थाहा नै हुँदैन । डाक्टरले फिजियोथेरापीका लागि सल्लाह दिएका हुन्छन् । तर पूरा अर्थ थाहा नभएर बिरामीहरु अन्यत्र भौतारिन्छन् । जस्तै फिजियोथेरापी भनेको न्याचुरोथेरापी हो कि , आर्युवेदिक थेरापी हो बुझ्न जरुरी छ । कतिपयलाई व्यायाम वा फिजियोथेरापी गर्दा शारिरीक रुपमा असर पनि पर्न सक्छ । त्यसकारण फिजियोथेरापी गर्दा धेरै कुरामा निकै बिचार पु¥याउनु पर्छ । उपचार सुरु गर्नु पूर्व रोगको पहिचान गर्न अति आवश्यक हुन्छ । कहिलेकाँही व्यायाम उल्टो भएर समस्यामा झन् वृद्धि हुनसक्छ । ढाडकै नशा च्यापिएको छ भने त्यसको धेरै वटा कारण हुनसक्छ । जस्तै डिस्क प्रोल्याप्स, हड्डी खिइएर , ट्युमर, कहिलेकाँही हड्डी अगाडि सरेर । यी विभिन्न समस्यका लागि फरक फरक व्यायाम छन् । ट्युमर भएको बेला मेसिन प्रयोग गर्न हुँदैन । त्यसकारण रोगको पहिचान हुन जरुरी हुन्छ ।

अहिले फिmजियोथेरापी गैर व्यावसायिक ( नन प्रोफेसनल ) अर्थात अदक्ष व्यक्तिहरुले पनि गरे गराएको देखिन्छ । तर त्यो ज्यादै खतरनाक हुन्छ । फिजियोथेरापी जहिले पनि दक्ष र प्रोफेसनल फिजियोथेरापिष्टबाट गर्नु गराउनु पर्छ । अन्यथा झन् बिरामी बलझेर समस्या बढ्न सक्छ । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भने जस्तै ।


प्रकाशित : २०८० माघ २६ शुक्रबार