माघ १४ गतेका लागि वार्षिक समीक्षा कार्यक्रम तय गरिएको थियो । एक साता अघि नै कार्यपालिकाका सदस्य , शाखा प्रमुख , सरोकारवाला अन्य कर्मचारी , कारिन्दाहरु तथा नगर प्रमुख उप प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत सबै जम्माजुट हुने कार्यक्रम थियो । गोलबजारको अतिथि सदनको सभाकक्ष भाडामा लिइएको थियो ।
निर्धारित समय अनुसार नगर प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बाहेक सारा कर्मचारी तथा आमन्त्रित कार्यपालिका सदस्यहरु अतिथि सदनमा उपस्थित भएका थिए । घण्टौसम्म प्रतीक्षा गरेपछि अचानक निर्देशन आयो आजको कार्यक्रम समयाभावले रद्द गरिएको छ । सबैजना आ–आफ्नो घर फर्किनु । उपस्थिति भएका सहभागीहरु यस्तै छ यहाँको चलन भन्दै घर फर्किए ।
एक कार्यपालिका सदस्यले बताए अनुसार नगर प्रमुख श्याम कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले नै वार्षिक समीक्षाको लागि आजको समय तोकेका थिए । तर उनीहरुले नै समयाभाव भनेर अन्तिम घडीमा कार्यक्रम रद्द गराएका हुन् ।
समीक्षा कार्यक्रम रद्द हुँदा करिब ६० जना जनप्रतिनिधि र कर्मचारीहरुको दिनभरीको समय व्यर्थ गएको छ । समीक्षा कार्यक्रमका सहभागीहरुका लागि अर्डर गरिएको ६० वटा पोका खाजा पनि बर्बाद भएको छ । कार्यक्रम रद्द भएपछि लखरलखर फर्किरहेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने , “खाजा अर्डर गरिएको गरिएको होटलबाट तोकिएको समयमा हलमा खाजा पु¥याइयो तर कार्यक्रम नै रद्द भएपछि खाजा फर्काएर लगियो । बासी भएपछि खाजाको के काम भन्दै उक्त खाजा संगुरको आहारा बनाइने भएको छ । ”
अर्डर अनुसार पैसा लिन्छु भन्दै बिक्रेताले खाजा फर्काएर लगेका छन् । एक कार्यपालिका सदस्यले भने , “बिग्रेको मान्छेको भत्केको घर भत्किसकेपछि के को डर ” नेपाली उखान गोलबजार नगरपालिकामा चरितार्थ भएको छ । सुधार होला भनेको त झन् झन् गोलमाल हुँदै छ । ७ दिन अगाडि बोलाएर यस्तो जात्रा देखाए । समयको बर्बादी , पैसाको खर्च । उनले आक्रोस पोख्दै भने,“ आए बाउको गए साहुको जस्तो गर्छन् । ”