संस्थागत स्वमूल्यांकनमा गोलबजार नगरपालिका गोलखाडी गयो ः अर्नमा गाउँपालिका सर्वोत्कृष्ट

[sharethis-inline-buttons]

आर्थिक वर्ष २०७९÷०८० का लागि स्थानीय तहको कार्य सम्पादनमा सिरहाको अर्नमा गाउँपालिका अब्बल ठहरिएको छ । गोलबजार नगरपालिका भने नगरहरुमा सबैभन्दा पछि परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत स्वमूल्यांकन प्रणाली ( लिजा ) मा १०० पूर्णङ्क मध्ये ९५.५ अंक ल्याएर सर्वोत्कृष्ट स्थान हाँसिल गरेको छ भने औरही गाउँपालिकाले ९३. ५ अंक प्राप्त गरेर दोश्रो स्थान सुक्षित गरेको छ ।

गोलबजार नगरपालिका तासको एक खेल गोलखाडी जस्तै जाकिएको छ । गोलबजार नगरपालिकाले जम्मा ५६.७५ अंक मात्र प्राप्त गरेको छ । यो अंक ज्यादै निष्प्रभावी कार्यसम्पादनको द्योतक हो ।

नगरपालिकाहरु मध्ये मिर्चैयाले ८८.७५ , सिरहा ८३।७५ , धनगढीमाई ८१।५ , लहान ६१ र कल्याणपुरले ५३.७५ अंक प्राप्त गरेको छ । सुखीपुर र कर्जन्हाको अवस्था प्रकाशित भएको छैन । यता गाउँपालिकाहरुमा सखुवानन्कारकट्टी ८१.५ , नरहा ५६.७५ र विष्णुपुरले ५४.५ अंक प्राप्त गरेका छन् । बरियारपट्टी र लक्ष्मीपुर पतारीको कार्य सम्पादन मूल्यांकन प्रकाशित हुन बाँकी छ ।

नगर वा गाउँपालिकामा नेतृत्व गर्ने नगर प्रमुख वा गाउँपालिका अध्यक्षहरुको बहुमत नभएको , सधै बिबाद हुने , बेलाबखतमा तालाबन्दी , हडताल र झैझगडा हुने पालिकाहरुमा कार्य सम्पादन स्वमूल्यांकन राम्रो देखिएको छ । तर गोलबजारमा मेयरलाई सबै विपक्षीहरुले समेत सघाएको अवस्था भए पनि लिजा मूल्यांकनमा निम्छरो देखिएको छ । लिजा मूल्यांकनको आधारमा बजेट थप हुने प्रणाली भएको कारण अर्नमा , औरही, मिर्चैया र सिरहाले अधिक बजेट पाउने छन् । गोलबजार , कल्याणपुर , भगवानपुर , नवराजपुर र नरहाको बजेट कटौति हुन सक्छ ।

माओवादीका नेता रामचन्द्र सिंह भन्छन् – मेयर वा अध्यक्ष तथा कर्मचारीतन्त्रको निष्प्रभावी कार्यसम्पादनले जनताको विकासका लागि आउने बजेट कटौति हुने भएको छ । नेतृत्व गतिलो भएन भने पालिकाका जनताको दुर्भाग्य हुन्छ । गोलबजारको कार्य सम्पादन औसतभन्दा पनि कम देखिएको छ ।


प्रकाशित : २०८० माघ ११ बिहीबार