गोलबजार नगरपालिकाले अस्पाल्ट बाट प्रिमिक्समा झा¥यो कालोपत्रेको गुणस्तर÷ गुरुधाम सडकको बजेट पनि घटाइयो ः

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकाले अचानक कालोपत्रे सडकको गुणस्तर दोश्रो दर्जामा झार्ने निर्णय गरेको छ । गत वर्ष नगर कार्यपालिकाको बैठकबाट कालोपत्रे गर्दा अस्पाल्ट गुणस्तरको गर्ने निर्णय गरिएको थियो । तर यो निर्णय कार्यान्वयन हुन नपाउँदै मेयर, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनीयर मिलेर कार्यपालिकाको निर्णय उल्टाइ दिएका छन् । गत सोमबार ५ वटा सडक कालोपत्रे गर्न प्रकाशित गरिएको बोलपत्रमा अस्पाल्ट गुणस्तरलाई हटाएर प्रिमिक्स गुणस्तर कालोपत्रे गर्ने उल्लेख छ ।

अस्पाल्ट गुणस्तरको कालोपत्रे गर्दा पिच बाक्लो र टिकाउ हुन्छ । प्लान्टमा फुटाइएको र मिसाइएको सिलिकन गिटी र बिटुमिन मात्रा मिलेको हुन्छ । बेस पनि बाक्लो हुन्छ । तर प्रिमिक्स गुणस्तरको कालोपत्रे रोटीको पाप्रा जस्तै पातलो हुन्छ । यस्तो कालोपत्रे बढीमा एक वर्ष टिक्छ । प्रिमिक्स कालोपत्रे धूलो नउडोस् भनेर कागज जस्तै पातलो पिच गरिएको हुन्छ । प्रिमिक्स गुणस्तरको कालोपत्रे गर्दा स्थानीय ठेकेदारहरुले ड्राममै विटुमिन र गिटी पकाएर ओछ्याउने गर्छन् । यसो गर्दा ठेकेदारहरुलाई सजिलो हुन्छ । गिटीको गुणस्तर र साइज पनि मिलाउनु पर्दैन । मिक्सिङ्ग पनि जस्तो तस्तो गर्दा पनि हुन्छ ।

यस प्रसंगमा वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादवसँग बुझ्दा उनले भने कालोपत्रेको गुणस्तर घटाउने निर्णय बारे आफू अनविज्ञ रहेको छु । कहिले र कसले निर्णय ग¥यो थाहा छैन तर गुणस्तर घटिया बनाउनु उचित होइन ।

त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण गौतमसँग बुझ्दा उनले भने – अस्पाल्ट गुणस्तरको कालोपत्रे गर्दा थोरै दुरीमा पुग्छ । प्रिमिक्स गर्दा अलि धेरै दुरीमा हुन्छ । त्यसकारण प्रिमिक्समा झारेका हौं । अनि एक वर्षमै भत्किने कालोपत्रे गरेर के काम ? जनताले झन् गाली गर्छन् नि होइन र ? भन्दा गौतम भन्छन् विकास भएको पनि त देखाउनु प¥यो नि ! कालोपत्रे भएको देखिनु प¥यो ।

भौतिक पूर्वाधार शाखाका इन्जिनीयर रमेश यादवलाई यस विषयमा जिज्ञाशा राख्दा उनले भने हो अस्पाल्ट गुणस्तर महंगो भएकोले प्रिमिक्समा झारिएको हो । प्रिमिक्स सस्तो पर्छ ।

सुत्रहरु भन्छन् ठेकेदारहरुले गोलबजार नगरपालिकामा अस्पाल्ट गुणस्तर हटाएर प्रिमिक्स लागू गर्न धेरै अगाडिदेखि भनसुन गरिरहेका थिए । तर यस अघिका इन्जिनियर र प्रमुख प्रशासकीय अधिकृत अनन्त पौडेलले मानेका थिएनन् । तर नयाँ प्रमुख प्रशासकीय अधिकृत र नयाँ ईन्जिनीयर आएपछि ठेकेदारहरुको आग्रहमा पुरानो निर्णय उल्टाइएको हो । कार्यपालिकाले गरेको निर्णय तीन जना मिलेर उल्टाइएको सुत्रहरुको दावी छ ।

नेपाली कांग्रेसका नेता राजकुमार सिंह भन्छन् प्रिमिक्स गुणस्तरको कालोपत्रे गर्न दिइनु हुँदैन । जनताले रोक्नु पर्छ । किनकी त्यो बजेटको बर्बादी मात्र हुन्छ । कागज जस्तो पातलो पिच गरेर कुनै काम छैन । जनताको आँखामा छारो हाल्ने काम हो ।

त्यसैगरी नयाँ बोलपत्र आह्वानमा निपाने चौक देखि गुरुधाम जाने सडकलाई ५० लाख दिइने पटक पटक बचनवद्धता प्रकट गरिएकोमा उक्त बजेट घटाएर ३९ लाखमा सीमति गरिएको छ । गुरुधाम सडकको ११ लाख बजेट कटाएर अन्यत्र हालिएको छ । यसलाई गुरुधामका जनताले दुर्भाग्यपूर्ण र मेयरको स्वेच्छाचारी निर्णय भनेका छन् । वडाध्यक्ष सुकदेव सिंहले बजेट कटाइएकोमा आश्चर्य व्यक्त गरेका छन् ।


प्रकाशित : २०८० माघ ९ मंगलवार