सोहेव अनवरको फेसबुक स्टाटस ः गोलबजार नगरपालिकामा शिखरमा गदहा र कुकुर – जञ्जिरमा बाघ

[sharethis-inline-buttons]

साहित्यमा अभिधा भनेको घुमाएर होइन सिधा सिधा भनिने अभिव्यक्ति हो । जस्तै गदहालाई गदहा भन्नु अभिधा हो । तर मान्छेलाई जब गदहा भनेर सम्बोधन गरिन्छ त्यसलाई लक्षणा अभिव्यक्ति भनिन्छ । मान्छे भए पनि गदहा जस्तो प्रवृति वा लक्षण देखाउनेलाई गदहा भनेर व्यङ्गात्मक वा कटाक्षपूर्ण संज्ञा दिइन्छ । गुण र दोषको आधारमा कुनै दोश्रो कुरातर्फ इशारा गर्दै दिइने उपमालाई लक्षणा भनिन्छ । व्यञ्जना भनेको अनेक अर्थ लगाउन सक्ने चमत्कारीक अभिव्यक्ति हो । लक्षित गरेर भनिएको भन्दा पनि फरक अर्थ लगाउन सकिने व्यङ्ग्यार्थ भरिएका भनाइलाई व्यञ्जना भनिन्छ । सोहेव अनवरको स्टाटसमा साहित्यका यी तीन आयामहरु अभिधा , लक्षणा र व्यञ्जनाको सटिक संयोजन गरिएको छ ।

गोलबजार नगरपालिका वडा नं. ११ का वडाध्यक्षले आज साँझ आफ्नो फेसबुकमा एक चित्रसहित चार हरफ कोर्नु भएको छ । उनले लेखाई र चित्रमा अभिधा , लक्षणा र व्यञ्जना तीनवटै साहित्यिक शब्द तारतम्य र चित्रात्मक संयोजन छुपेको छ । झट्ट हेर्दा सामान्य देखिन्छ तर गमेर ल्याउँदा उनको यो स्टाटस भित्रको अभिव्यक्तिले गोलबजार नगरपालिकाको वास्तविक स्थितिको सही सतय विश्लेषण गरेको छ । भनिन्छ एक हजार शब्दमा जति बयान गर्न सकिन्छ त्यसलाई एउटा चित्रले प्रष्ट पार्न सक्छ । अर्थात एक हजार शब्द बरावर एउटा चित्र हुन्छ । तर सोहेब अनवरको स्टाटसको मात्र चार हरफमा एक हजार शब्दमा बयान गर्न सकिने भाव , सत्य र यथार्थको रुपमा चित्रण गरिएको छ ।

स्टाटसमा अनवरले लेखेका छन् ः

भन्छन् वर्तमान राम्रो नभए भूत याद आउँछ । गोलबजार नगरपालिकामा त्यही अवस्था आउन थालेको छ । जनताले विगतका दिन याद गरिरहेका छन् । हुन त विगतमा पनि खासै गर्नु पर्ने कामहरु पक्षपात नगरी भएको होइन । तर अब जनताले भूत र वर्तमान बीच तुलना गर्न थालेका छन् ।

अनवरको यो स्टाटसलाई मैले यसरी बुझें । मेरो गाउँमा एक महिला थिइन् । उनलाई श्रीमानले असाध्यै कुटपिट गर्थे । दिक्दार भएर उनी एक दिन अर्कै पुरुषसँग भागिन र दोश्रो बिबाह गरिन् । तीन वर्षपछि ती महिलालाई मैले भेटेर सोधे नयाँ घर र पति कस्ता छन् ? उनले रुँदै भनिन् , बाबु पहिलेकाले कुटपिट गर्थे तर भागेर ज्यान बचाउन पाउँथे । तर अहिलेका पतिले त पहिला हात खुट्टा बाँधेर अनि पिट्छन् । गोलबजारका जनताको यस्तै हालत भएको छ । पहिलाकाले पनि पक्षपात गरेकै हुन् । विकास जति आफ्नो कित्तामा लगेकै हुन् । अपारदर्शी र अनियमितता भएकै हो । विगतको कुशासनको नतिजा स्वरुप जनताको मन अमिलो भएकै हो ।

तर नयाँले पुरानोलाई कुशासनमा उछिन्यो , जित्यो । दिउँसै रात पा¥यो । पहिलेकाले ५ वर्षमा जति कुम्ल्यायो त्यति त नयाँले एक वर्षमै हसु¥यो । यसलाई सरल भाषामा प्रष्ट पार्दा भन्न सकिन्छ पहिलाकोले के नै लछा¥यो अहिलेकाले झन् जनतालाई भूईँमा पछा¥यो । पहिलाकोले साढूका छोरा पोसे अहिलेकाले आफ्नै छोरा पोस्दैछन् । विकासको नाममा विनास गर्दैछन् । श्रोत जति वडा नं. ७ मै लैजाँदै छन् । बाँकी १२ वटा वडा टुहुरो बनेको छ । ठेक्कापट्टामा परिवारवाद हावी छ । भ्रष्टाचारले सीमा नाघेको छ । दुई आर्थिक वर्ष व्यतीत भइसक्यो विकासका नाममा सिन्को भाँचिएको छैन । जनता निस्सासिएका छन् । वेथितिको बयान गरीसाध्य छैन ।

मेरो गाउँकी ती अभागी महिला जस्तै नयाँ सैतान आतातायी पतिको अत्याचार खप्नुपर्दा अलि कम यातना दिने पुरानो पति सम्झिए जस्तै गोलबजारका जनताले पुरानालाई सम्झिन थालेका छन् । तुलना गर्न थालेका छन् । जनता भन्दैछन् पुरानाले गरेको २५ प्रतिशत पनि नयाँले गर्न सक्दैन । जुरेलीको खुट्टी हरेर नै थाहा भयो बाँस कसरी नुहियो । जनताको वर्तमान बिग्रिएको छ । त्यसकारण अतीत याद आउँन थालेको छ । तर अतीत पनि सुखद भने थिएन । तर लोकप्रियताको कसीमा जाँचने हो भने अहिलेका भन्दा पुरानैको गुणगान भएको सुनिन्छ ।

अनवरका शब्दलाई त मैले यसरी अथ्र्याएँ । अभिधा अर्थात सिधा भनिएको छ । गोलबजार नगरपालिकाको वर्तमान नेतृत्व खराव छन् । निकम्मा छन् । जनपिराहा छन् । पुराना नेतृत्वभन्दा पनि गएगुज्रेका छन् । जनता आजित र दिक्दार भइसकेका छन् । लाक्षणिक अर्थमा पनि वर्तमान नेतृत्वको कार्यशैलीलाई दुर्भाग्यपूर्ण भनिएको छ । अभिव्यञ्जनाको अर्थमा त जति बयान गरेपनि हुन्छ ।

अनवरको चित्र छनोट पनि गजबको छ । वाघ अथवा सिंहहरु तल जमिनमा जञ्जिरमा जकडिएका छन् । माथि मसनदमा ( सत्ताको उच्च सिंहासनमा ) गदहा र कुकुर ठिङ्ग उभिएका छन् । गोलबजार नगरपालिका भित्रको तितो सत्य यही नै हो । चौतारोको शीर्ष स्थानमा गदहा र कुकुर उभिएको लाक्षणिक अर्थ ज्यादै मर्मस्पर्शी छ । व्यञ्जनाको दृष्टिकोणबाट यसले प्रसस्त व्यङ्ग र चम्तकारिक अर्थ उत्पदन गरेको छ । बुझ्नेलाई यो कुरा गहिरो छ , नबुझ्नेलाई घर छेउ मै पहिरो छ । यो चित्र हेरेपछि गोलबजार नगरपालिकाको स्थितिबारे शब्दमा थप बयान गर्नु पर्दैन ।

 


प्रकाशित : २०८० माघ ५ शुक्रबार