केन्द्रीय अध्यक्ष डा राउतको रिहाईको माग गर्दै गोलबजारमा चक्का जाम

[sharethis-inline-buttons]

जनमत पार्टी सिरहाले गोलबजारमा सोमबार दिउँसो करिब दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पार्दा सैकडौ सवारी साधन तथा यात्रुहरुले दुख पाएका छन् । जनमत पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउत, सोही पार्टीकी नेतृ तथा बहालवाला सामान्य प्रशासन मन्त्री अनिता यादव लगायत अन्य सांसदहरुलाई पक्राउ गरिएको बिरोधमा उक्त पार्टीका कार्यकर्ताहरुले चक्का जाम गरिएको थियो । धोती दिवस मनाउन निषेधित क्षेत्रमा भेला गराएको आरोपमा प्रहरीले काठमाडौंमा ती नेताहरुलाई पक्राउ गरेको थियो ।
राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीसँग घम्साघम्सी हुँदा इलाका प्रहरी कार्यालय गोलबजारको एक जीपको सिसा फुटालिएको थियो । सो क्रममा प्रहरीले जनमत पार्टीका १३ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । सो पार्टीका नेता तथा कार्यकर्ताले गोलबजार बजार बन्द गराउनुका सार्थ टायर बालेर राजमार्ग अवरुद्ध पारेका थिए ।
केन्द्रीय नेताहरु काठमाण्डौंमा हिरासत मुक्त भएको खबर आएपछि प्रहरीले गोलबजारमा पक्राउ गरिएका नेता तथा कार्यकर्ताहरुलाई पनि रिहा गरेको थियो । पक्राउ गरिएका जनमत पार्टीका १३ जना कार्यकर्ता रिहा भए लगत्तै साँझ ५ बजे अवरुद्ध राजमार्ग खुलाइएको थियो ।


प्रकाशित : २०८० पुष १६ सोमबार