प्रमुख प्रशासकीय अधिकृत बरालले खस जातीय दम्भ देखाएर अपमानित गरेको कनिष्ठ कर्मचारीहरुको गुनासो

[sharethis-inline-buttons]

“उहाँको मुखैमा थेगो रहेछ “लाटा ” भन्ने । कागज पत्र वा फाइल लिएर उहाँको कार्यकक्षमा गएर ठिङ्ग उभियो । हाकिम साहबले त यो मिलेन “लाटा ” , त्यो मिलेन “लाटा ” भन्नुहुन्छ । हाकिम जस्तो मान्छेले कुर्सीमा बसेर कनिष्ट कर्मचारीहरुलाई त्यसरी सम्बोधन गर्दा कस्तो नसुहाउने । तर भनौ त के भनौ ?” यी भनाइ हुन् कर्जन्हा नगरपालिकाका एक अपमानित महसुस गरेका कर्मचारीको । नाम उल्लेख नगर्ने गरी उनले भने प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालले कार्यकक्षमा कनिष्ठ कर्मचारीहरुलाई “लाटा” शब्द प्रयोग गरेर अपमानित गर्ने गरेको दुखेसो पोखे ।

एक मात्र कर्मचारीको दुखेसो हो कि अन्यको पनि गुनासो छ भनेर दावानलबाट तीन जना कर्मचारीहरुलाई सोधनी ग¥यौं । सबैको गुनासो र दुखेसो उस्तै रहेछ ।

एक अधिकृतस्तरका कर्मचारीले भने जुनसुकै कर्मचारीले जस्तोसुकै चिट्ठी लेखेर लगे पनि हाकिम साहबले काटकुट पारिदिनु हुन्छ । सादा पाना झिकेर आफैले खेस्रा गरेर दिनुहुन्छ । आजसम्म एक जनाको लेखाई पनि हाकिम साहबले ठीक छ भन्नुभएको छैन । मानौ यस कार्यालयमा कुनै पनि कर्मचारीलाई चिट्ठी पत्र लेख्नै आउँदैन । ती अधिकृतले भने , ”हो हामी गैर नेपाली मातृभाषी हौं । तर नेपालीमा लेख्नै नजान्ने त होइन । हाकिम साहबको आफ्नो लेखाईमा ह््रस्व दीर्घ , तर्कुल्ले र मूर्धन्य ५० प्रतिशत पनि मिल्दैन । उहाँले सख र नेपाली मातृभाषाी हुनुको अहंकार पाल्नु भएको छ र मधेसीहरु नेपाली भाषा शुद्ध लेख्दैनन् भन्ने हेपहा प्रवृति रहेछ उहाँको ।

अर्का एक कर्मचाीले भने , हामी फौजी संगठन भित्रका कर्मचारी होइनौं । निजामति सेवामा फौजी कासन जस्तो “ त , तिमी सम्बोधन” र “लाटा” भनेर हेप्ने प्रवृतिलाई मर्यादित भन्न मिल्दैन । हामी मेयर साहबकोमा गुनासो लिएर जाने सर–सल्लाह गर्दैछौं । उहाँले लाटा भन्ने सम्बोधन तत्काल त्याग्नु पर्छ । समआदर गर्न सिक्नुपर्छ ।

यस विषयमा हामीले प्रमुख प्रशासकीय अधिकृत बराललाई सोध्यौं , के तपाईले लाटा भन्ने शब्द प्रयोग गर्नुभएकै हो त ? उहाँले भन्नुभयो , हो भनेको हुँला तर मायाले । हेपेर होइन । कसैलाई मेरो व्यक्तिगत व्यवहार मन परेन भने मलाई भन्दा हुन्छ ।

यो कुर्सीमा बसेर कनिष्ठलाई “लाटा ” शब्द प्रयोग गर्दा गरिमा बढ्छ र ? मर्यादित मानिन्छ र ? भनेर थप प्रश्न गर्दा यो मेरो व्यक्तिगत बानी व्यहोरा र बोल्ने शैली हो भन्नुभयो । मायाले भन्न सकिन्छ भन्ने अधिकृत बरालको कथन थियो ।

हरेक चिट्ठी तपाईले नै खेस्रा गर्नुहुन्छ । जसले जतिसुकै राम्रो लेखे पनि मिलेन भन्नुहुन्छ भन्ने गुनासो छ भन्दा अधिकृत बरालले भन्नुभयो भाषा नमिले पछि त काट्नै पर्छ , सुधार्नै पर्छ । के तपाईको कार्यालयमा रहेका सबै कर्मचारीहरु चिट्ठी पत्र लेख्न असक्षम नै हुन त भन्ने प्रश्नमा बरालले भन्नुभयो असक्षम भन्दिन तर भाषा नमिलेको मैले हेर्नै पर्छ ।

 


प्रकाशित : २०८० पुष ३ मंगलवार