वन र चुरे क्षेत्रबाट उत्खनन् गर्ने विरुद्ध डिभिजन वन कार्यालय लहानले सुरु ग¥यो कठोर कारवाही– दुई जना प्रमुख प्रशासकीय अधिकृत विरुद्ध पक्राउ पुर्जी जारी , दुवै जना फरार

[sharethis-inline-buttons]

चुरे पर्वत र वन क्षेत्रको नदीनालाबाट अवैध तथा गैर कानूनी रुपमा माटो, गिट्टी, बालुवा , ग्राभेल र ढुंगा जस्ता प्राकृतिक श्रोत उत्खनन् गर्ने विरुद्ध डिभिजनल वन कार्यालय लहानले कठोर कदम चालेको छ ।

गत मंसिर १४ गते लहान नगरपालिका वडा नं. १५ र वडा नंं २४े ( साविक ढोढना गाविस) को बीचोबिच बग्ने नदी खुट्टी खोलाबाट अवैध उत्खनन् गरिरहेको अवस्थामा डिभिजनल वन कार्यालय लहानको गस्ती टोलीले चालक सहित २ वटा स्काभेटरलाई नियन्त्रणमा लिएर कारवाही चलाएको छ । पक्राउ पर्नेमा चाइना इष्ट वेष्ट रेल्वे कम्पनीका साइट इन्चार्ज हु स्याउ छ्याङ्ग सहित अन्य एक चीनिया नागरिक तथा विन्देस्वर कुमार महतो एवं अजय कुमार चौधरी दुई जना नेपाली नागरिक थिए । पक्राउ गरिएकाहरु जिल्ला अदालत सिरहाको आदेशानुसार मंसिर २५ गते चीनियाँ नागरिक ३ लाख र नेपाली नागरिकहरु जनही ५० हजार धरौटीमा रिहा भएका छन् । चीनियाँ कम्पनीको अन ड्युटीमा रहेको दुई थान स्काभेटर भने डिभिजनल वन कार्यालयको नियन्त्रण मै राखिएको छ ।

त्यसैगरी मंसिर १५ गते धनगढीमाई नगरपालिका अन्तर्गतको सर्रे खोलाको वन क्षेत्रबाट नियन्त्रणमा लिइएको ८ थान ट्रयाक्टर र एक थान स्काभेटर ( जेसिभी ) इलाका वन कार्यालय धनगढीको नियन्त्रणमा राखिएको छ । ट्रयाक्टर र स्काभेटर चलाउने ८ जना चालकहरु भने अझै पनि डिभिजनल वन कार्यालय लहानको हिरासतमा रहेका छन् । उनीहरुलाई वन क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा हिरासतमा लिई अनुसन्धान गरी रहेको डिभिजनल वन अधिकृत सुजित कुमार झाले बताउनुभयो ।

हिरासतमा रहेकाहरु धनगढीमाई ९ का मञ्जित यादव , वडा नंं ४ का रामकुमार यादव, वडा नं. १२ का पुरुषोत्तम यादव, रमण किशोर यादव, अरविन्द कुमार यादव,वडा नं. १० का इन्द्रजित महतो, बरियारपट्टी २ का सन्दीप कुमार महतो र नरहा २ का फूल कुमार यादव रहेका छन् । थुनुवाहरु माथि अनुसन्धान चलिरहेको डिभिजनल वन अधिकृत झाले जानकारी दिनुभयो ।

 

झाले भन्नुभयो , “चुरे वन क्षेत्रमा पर्ने खुट्टी खोला र सर्रे खोला गैर कानूनी रुपमा ठेक्का लगाउने र उत्खनन् गर्न इजाजत दिने दुई वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । ” डिभिजनल वन अधिकृत झाका अनुसार धनगढीमाई नगरपालिका र लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत द्वय क्रमशः ओम प्रकाश महतो र राजु प्रसाद साह विरुद्ध डिभिजनल वन कार्यालय लहानबाट पक्राउ पुर्जी जारी गरिएको छ । उहाँहरु पनि अनुसन्धानमा तानिनु हुन्छ । वन अतिक्रमण गर्ने र उत्खनन् गर्ने गराउने अधिकार उहाँहरुसँग पनि छैन ।

यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो, “म शुक्रवारदेखि बिदामा घर आएको छु । मंगलवार कार्यालयमा हाजिर हुन्छु । पक्राउ पुर्जी जारी गर्ने वन अधिकृतले मलाई गिरफ्तार गर्दा हुन्छ । म फरार भएको छैन । उहाँले भन्नुभयो मेरो कार्यकालमा नदी ठेक्का लगाइएको होइन । नदी उत्खनन्सँग मेरो कुनै सरोकार र संलग्नता नै छैन । मलाई किन र कसरी पक्राउ गर्ने ?

धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोलाई हामीले सोध्यौ , तपाई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आत्मसमर्पण गर्नुहुन्छ कि लुकेरै बस्नु हुन्छ ? उहाँले भन्नुभयो म पनि उपयुक्त कानूनी उपचारको बाटो खोज्छु । म फरार भएको छैन । बिदामा काठमाडौं आएको छु । तर धनगढीमाई नगरपालिका भित्रका सुत्रहरुले जानकारी दिए अनुसार अधिकृत साह मन्त्रालयमा सरुवा माग्न जानुभएको छ । पक्राउ पर्ने डरले उहाँ धनगढीमाई नफर्किने बिचारमा हुनुहुन्छ ।

 

डिभिजनल वन अधिकृत झाले भन्नुभयो नेपालको संविधान २०७२ को अनुसुची ६ ( १९ ), वन ऐन २०७६, नियमावली २०७९ र प्रदेश वन ऐन २०७७ बमोजिम वन तथा चुरे क्षेत्रको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी डिभिजनल वन कार्यालयको हुन्छ । त्यसैगरी वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार पनि चुरे संरक्षित क्षेत्र हो । चुरे संरक्षित क्षेत्रबाट नदीजन्य प्राकृतिक श्रोतहरु दोहन तथा उत्खनन् गर्न पाइदैन । ढुंगा गिट्टी बालुवा उत्खनन् तथा बिक्री वितरण मापदण्ड २०७७ अनुासर पनि गैर कानूनी रुपमा चुरे वन तथा नदी क्षेत्रमा उत्खनन् गरेकोले कठोर कारवाही गरिएको हो । झाले भन्नुभयो जिल्लाभरका क्रसर उद्योग तथा उत्खनन् कार्यमा संलग्नहरुको कानूनी हैसियत र खानी क्षेत्रको वैधता जाँच हुँदैछ । वन क्षेत्रमा हुने अवैध उत्खनन्लाई पूर्णतया बन्द गरिने छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भन्नुभयो , “जिल्ला भरका सबै क्रसर उद्योगहरुको अनुमति पत्र र नवीकरण अवस्था छानविन हुँदैछ । गृहकार्य पश्चात अवैध उत्खनन्हरु नियन्त्रण गरिने छ ।” यसैबीच जिल्ला घरेलु उद्योग कार्यालय लहानले सिरहामा सञ्चालनमा रहेका २३ वटा क्रसर उद्योगहरु अवैध र मापदण्ड विपरीत रहेको जनाएको छ ।

 


प्रकाशित : २०८० मंसिर २५ सोमबार