नवराजपुर गाउँपालिकामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको भवन उद्घाटन

[sharethis-inline-buttons]

नवराजपुर गाउँपालिकामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको मेस तथा जवान ब्यारेक भवनको उद्घाटन सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता वाहिनीका वाहिनीपति नायव प्रहरी महानिरीक्षक दीपेन्द्र शाह तथा नवराजपुर गाृँपालिकाका अध्यक्ष शिव उदगार यादवले संयुक्त रुपमा उक्त भवनको समुद्घाटन गर्नुभएको हो ।
नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८०मा करिव १७ लाख रकम खर्चेर सशसत्र प्रहरी बल बोर्डर आउट पोष्ट नवराजपुरका लागि का सो भवन निर्माण गराएको हो । सिरहाको पूर्वी दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कार्यालय नेपाल प्रहरीको जराजीर्ण प्रहरी चौकी भवनमा स्थापना भएको थियो ।
२०७२ को महाभूकम्पले बस्नै नमिल्ने गरी क्षतविक्षत भएको सो भवनमा सशस्त्र प्रहरीको युनिट जोखिम मोलेर बसिरहेको थियो । सुरक्षा निकायको असुविधालाई ध्यानमा राखी नवराजपुर गाउँपालिकाले जवान तथा बिल्लादारहरुका लागि बस्ने कोठा र भान्सा घर निर्माण गरिदिएको हो । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट निर्माण गर्न आगामी ३० वर्षका लागि जग्गा भाडामा लिइएको हो । सो अवसरामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी युनिटलाई नवराजपुर गाउँपालिकाले मोटर साइकल पनि उपलब्ध गराएको थियो । जग्गा प्रवन्ध गर्न तथा भवन निर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरी श्रोत व्यवस्थापन गर्न सशत्र प्रहरी बल बोर्डर आउट पोष्ट नवराजपुरका प्रहरी निरीक्षक रमेश पाण्डेले भूमिका खेल्नुभएको थियो ।
उद्घाटन समारोहमा नवराजुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि शिव उदगार यादवले मन्तव्य व्यक्त गर्दै भन्नुभयो , “ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ठ स्थापना भएदेखि यस क्षेत्रमा जनताले शान्ति सुरक्षा महसुस गरेका छन् ” । सीमापारबाट हुने अपराध तथा तस्करीमा नियन्त्रण भएको छ । सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीलाई पालिका स्तरबाट निरन्तर सहयोग उपलब्ध गराउने अध्यक्ष यादवले प्रतिवद्धता जाहेर गर्नुभयो ।

त्यसै गरी सशस्त्र प्रहरीका नायव प्रहरी महानिरीक्षक शाहले सशस्त्र प्रहरीले सीमाको सुरक्षा लगायत जनताको जीउधनको सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले जनता ढुक्कसँग निदाउन सक्ने वातावरण तयार पार्न र सीमापारबाट हुने जुनसुकै प्रकारको आपराधिक गतिविधि र तस्करी रोक्न सिरहाका सशस्त्र प्रहरी बलका सकल दर्जालाई निर्देशन पनि दिनुभयो ।

भवन उद्घाटन समारोहमा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे , नेपाल प्रहरीका प्रहरी उपरीक्षक टेकुनन्द इवा लम्बु , सशस्त्र प्रहरीका प्हरी उपरीक्षक प्रमोद कुमार भारती , नेपाली सेना श्री बहादुर शेर गणका गापति विष्णु कार्की , राष्ट्रिय अनुसनधान विभागका उप अनुसन्धान निर्देशक नरेश बहादुर शाह र नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहको पनि उपस्थिति रहेको थियो ।

 


प्रकाशित : २०८० भाद्र २७ बुधबार