
गोलबजार ः
विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी ) गोलबजार इकाई कमिटीले सुशासनको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको छ । रामप्रताप रामप्रसाद तमाङ जनता बहुमुखी क्याम्पस गोलबजारमा साउन १२ गतेदेखि उक्त अभियान सुरु गरिएको हो । यो अभियान साउन १४ सम्म सुसञ्चालित रहने मधेश प्रदेश अध्यक्ष पुजन सिंहले बताए । सिंहले भने सुशासनको पत्याभूति हुनु पर्छ भन्दै विद्यार्थीहरुका तर्फबाट दवाव सृजन ागर्न हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । अभियानमा गोलबजार क्याम्पस इकाईका अध्यक्ष आकाश महतोले अध्यक्षता गरेका थिए । प्रमुख अतिथिमा मधेस प्रदेश अध्यक्ष पुजन सिंह थिए भने जिल्ला उपाध्यक्षहरु विरेन्द्र सिंह, रविन मेहता, शुक्रराज घिसिङ, जिल्ला कोषाध्यक्ष सुशिला महतो , पूर्व क्याम्पस प्रमुख फुलगेन नायक, क्याम्पस प्रमुख किशोर साह र बुद्धिजीवी संगठनबाट प्रदीप साहको उपस्थिति रहेको थियो ।