गोलबजार नगरपालिकाले आज एक विज्ञप्ती प्रकाशित गरी दावानल अनलाइन पत्रिकामा गोलबजार नगरपालिका कोभिड अस्पताल परिसरमा सार्ने तयारी शीषकको समाचार असत्य भएको जनाएको छ । नगर प्रवक्ता संजीत लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ नगरपालिकाका कर्मचारीहरुको चरित्र हत्या गर्ने गरी पटक पटक भ्रामक समाचार प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तीमा भनिएको छ गोलबजार नगरपालिका कोभिड अस्पताल परिसरमा सार्ने होइन , नयाँ निर्माणाधीन भवनमा सार्ने पूर्व तयारी भइरहेको छ । संस्थागत विषयलाई लिएर व्यक्ति प्रधान बनाएर नगर प्रमुखलाई बदनाम गर्ने नियत देखिएको विज्ञप्तीमा आरोप लगाइएको छ ।
सम्पादकीय नोट ः दावानलमा प्रकाशित समाचारको सत्यता र विश्वशनीयता प्रति हामी अडिग छौं ।