हिंसापीडित महिला पुनः स्थापना गर्नका लागि पुनः स्थापना केन्द्र 

[sharethis-inline-buttons]

काठमाडौैँ, १५ जेठ (रासस) :
हिंसापीडित महिला पुनः स्थापना गर्नका लागि भक्तपुरको सूर्यविनायकमा मङ्गला सहाना पुनः स्थापना केन्द्र निर्माण गरिने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै हिंसापीडित महिला पुनः स्थापना गर्नका लागि भक्तपुरको सूर्यविनायकमा मङ्गला सहाना पुनः स्थापना केन्द्र निर्माण गरिने बताउनुभयो ।

लैङ्गिक हिंसापीडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्शजस्ता सेवालाई गुणस्तरीय बनाइने बजेटमा उल्लेख गरिएको छ ।


प्रकाशित : २०८० जेष्ठ १५ सोमबार