गोलबजार नगरपालिका वडा नं. १० नेकपा एमाले वडा कमिटीका अध्यक्ष सुरेश कुमार लामाले मेयर श्याम कुमार श्रेष्ठले आफूहरुको अपमान गरेको दुखेसो पोखेका छन् । लामाले भने, ‘ दिनु नै थिएन भने मेयर साहबले हामीलाई बोलाएर किन उल्लु बनाउनु भएको हो ? बुझ्नै सकिएन । ’ हामी ज्यादै दुखी भएका छौं भन्दै वडा कमिटीका अध्यक्ष लामा थप्छन् –‘ म मात्र हो र ! हाम्रा बुढा काकाहरु समेत मेयर साहबको घरमा पुगेर, छलफल गरेर लिखित निवेदनमा योजना पेस गरेर आयौं तर परियोजना दिइएन । ’ दिनु नै थिएन भने योजना लिन आउनु भनेर फोन गरी गरी किन बोलाउनु प¥यो ? – उनले आवेशमिश्रित स्वरमा प्रश्न गरे । हाम्रा बुढापाकाहरुलाई समेत अपमानित गरिएको छ ।
घटना विवरण सुनाउँदै युवा नेता अध्यक्ष लामाले भने, एक दिन मेयर साहबको फोन आयो । एलआईपिडब्लु कार्यक्रम अन्तर्गत ५० लाख रकम तपाईंहरुको लागि छुट्याइ दिएका छौं । के काम गर्ने हो ? छलफल गर्न मेरो दरवारमा आउनु । हामी खुशी भयौं । गाउँका भद्रभलादमी, बुढापाका र पार्टीका कार्यकर्ताहरुसहित हामी मेयर साहबको घरमा पुग्यौं । मेयर साहबले ४० –५० लाख नबढ्ने गरी योजना पेस गर्नुहोस् र काम गर्नुहोस् भन्नुभयो । हामीले छलफल गरेर धर्मपुरदेखि धोबियाधार दलित मुसहर समुदायको बस्तीसम्म सडक स्तरोन्नति गर्ने भनेर ३५ लाख रकम माग गरेर लिखित योजना पेस ग¥यौं । हामीले योजना पेस गरिसकेपछि त्यहाँ वडाध्यक्ष उपेन्द्र मुखिया पुग्नुभयो । उहाँले यो परियोजना सञ्चालन हुन्न भनिदिनुभयो । हामीले भन्यौं, “ मेयर साहब स्वयंले हामीलाई फोन गरेर बोलाएर योजना मागेपछि हामीले पेस गरेका हौं, किन हुँदैन ?” मेयर साहबले नआत्तिनुस् , म गर्छु , मिलाउँछु भन्नुभयो । हामी फर्केर घर आयौं ।
अध्यक्ष लामा भन्छन् आजसम्म हामी प्रतीक्षामा छौं तर त्यसपछि न बजेट आयो , न योजना आयो न मेयर साहबको कुनै फोन आयो । अहिले थाहा पाउँदैछौं हाम्रो निवेदन कागजको खोस्टा भएछ । परियोजना वडाध्यक्षको सिफारिसमा अन्यत्र गएछ । अर्कै व्यक्तिहरुलाई उपभोक्ता समितिमा राखिएछ । अर्कै–अर्कै काम गरिएछ । हामी त जिल्लाराम । हामीले परियोजना कता सारियो र को को उपभोक्ता समितिमा रहे भन्ने पनि चाल पाएनौं । पार्टी कमिटीभन्दा एक जना वडाध्यक्ष मेयर साहबको लागि महत्वपूर्ण भयो ।
वडा कमिटी अध्यक्ष भन्छन् , “ दिनु नै थिएन भने किन फोन गरेर बोलाउनु ? वडाध्यक्षको सामुन्ने हाम्रो तेजोबध गरेर मेयर साहबले के पाउनु भयो ? हाम्रा ७० वर्षको नेटो काटेका काकाहरुलाई दरबारमा बोलाएर हुर्मत लिने काम भयो । यसमा हामी अत्यन्त दुखी भएका छौं । ” उनले थप्दै भने हामी पनि छलफल गर्दैछौं मेयर साहबको दरबारबाट किन यस्तो भयो र अब के गर्ने ? समय आएपछि उचित जवाफ फर्काउने छौं ।