मारुती सिमेन्ट कारखाना मिर्चैयामा एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय अनुराग तिवारी हुन् । कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेका मजदुर तिवारीको मेसिनको बेल्टले दाहिने पाखुरा काटिएर चुडिएको प्रहरीले जनाएको छ । दर्घटनामा परी इन्तु न चिन्तु भएका तिवारीलाई फूल कुमारी मेमोरियल अस्पताल कर्जनहा पु¥याइएको तर अत्यधिक रक्तश्राव भएको कारण उनको मृत्यु भएको अस्पताल सुत्रले जनाएको छ ।
घाइते तिवारीलाई उद्धार गरी अस्पताल पु¥याउन ढिलाई भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले जनाएको छ । युनियनका प्रतिनिधिहरुले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन् ।
प्रकाशित : २०८० बैशाख २७ बुधबार