कमला नदीको पुल पुनर्निर्माण गर्न माननीय सम्झना थपलियाको माग

[sharethis-inline-buttons]

काठमाडौं , संघीय सांसद सम्झना थपलियाले सिरहा र धनुषा जोड्ने कमला नदीको पुल तत्कालै पुनर्निर्माण थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । शुक्रबार संसदको शुन्य समयमा बोल्दै माननीय सांसद थपलियाले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री र हालका गृह मन्त्री नारायणकाजी श्रेष्ठले २०७९ फागुन १५ गते भत्किएको पुलको स्थलगत अवलोकन गर्नुभएको स्मरण गराउनु भयो । सांसद थपलियाले भन्नुभयो “मन्त्री श्रेष्ठले १५ दिनभित्रै पुलको मर्मत कार्य आरम्भ हुने सिरहाली जनतालाई वचन दिनुभएको थियो । ” मन्त्रीले बोलेको पनि सत्य हुन्छ भन्ने प्रमाणित गर्न पुलको पुनर्निर्माण थाल्न सांसद थपलियाले आग्रह गर्नुभयो ।

आधा शताव्दी पर्खेर मधेशले हुलाकी राजमार्ग पाएको तर कमला नदीको पुल भाँच्चिए पछि सास्ती खप्नु परेको उहाँको जिकिर थियो ।

 


प्रकाशित : २०८० बैशाख १५ शुक्रबार