जंगली हात्तीको आक्रमणमा परी एकको मृत्यु

[sharethis-inline-buttons]

जंगली हात्तीको आक्रमणमा परी एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका –३ का ३४ वर्षिय तुलबहादुर आले हुन् ।
इलाका प्रहरी कार्यालय गोलबजारले जनाए अनुसार बिहीवार राति ११ः३० बजे सल्हेस जात्रा हेरेर घर फर्किदै गर्दा गोलबजार नगरपालिका – १ बलडाँडामा जंगली हात्तीसंग जम्काभेट भएको थियो । आलेका साथमा रहेका अन्य दुई जना भाग्न सफल भए तर आलेलाई हात्तीले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीले बताए अनुसार रातको अध्यारोमा बीच बाटोमा झ्वास्स हात्ती देखियो । उनी भाग्नै भ्याएनन् ।
मृतक आलेको शव पोष्टमार्टमका लागि लहान पु¥याइएको प्रहरीले जनाएको छ ।

जंगली हात्तीले गोलबजार नगरपालिका ३ को दलित बस्तीमा पनि तीन घर भत्काएको स्थानीयहरुले बताएका छन् ।

 


प्रकाशित : २०८० बैशाख २ शनिबार