
सिरहा, सदरमुकाम सिरहा बजारस्थित प्रादेशिक अस्पतालमा आगोलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
मृगौला रोगी बरियारपट्टी गाउँपालिका वडा नं. ३ का ६० वर्षिय प्रदीप दासको मृत्यु भएको हो । मृतक दासलाई हेमोग्लोविन कम भएको कारण रगत चढाइरहेको अवस्थामा आगोलागी हुँदा भागाभाग मच्चियो । अस्पताल सूत्रले बताए अनुसार भाग्ने क्रममा दासको क्यानुला खुस्कियो र रक्तश्राव बढी हुन गयो । पछि उनको थप उपचार गर्दागर्दै मृत्यु भयो ।
बुधवार दिउँसो अस्पतालको जेनरेटर राखेको घरबाट एक्कासी आगोलागी सुरु भएको थियो । आगोको लप्का र धुँवाको मुस्लो देखेपछि अस्पतालमा भागाभाग मच्चिएको थियो ।
आगो नियन्त्रण गर्ने प्रयाससंगै बिरामीहरुलाई शैयाबाट बाहिर निकालिएको थियो । बिरामी राख्ने वार्डहरुमा आगो नसल्किए पनि धुँवा भरिएर बिरामीहरु क्ेहीबेर सकसमा परेका थिए ।
नेपाल, प्रहरी , सशस्त्र प्रहरी र स्थानीयका साथ वारुणयन्त्रका साथ अग्नि समन टोलीले आगो निभाएको थियो ।