राजाको कोपमा गुरुधामको खेल मैदान ः ओनमा र गोनमा वगडिया तीन छक्क !

[sharethis-inline-buttons]

अर्जुन थपलिया
ओनमा ः वगडिया यसपाली गुरुधाममा फुटवल खेल नहुने हो ? के ले रोक्यो के ले छेक्यो हँ ?

गोनमा ः कुरो गहिरो छ वगडिया । राजाले मानेका छैनन् रे !

ओनमा ः ब्याडमिन्टन प्रतियोगिता गराउन लगभग ११ लाख खर्च भयो रेन्त , गाइँगुईँ सुनेको हैं वगडिया मैले त ! त्यो चै गर्ने फुटवल खेल गराउन किन नमानेको हँ हाम्रा राजाले ?

गोनमा ः एउटा ठूलो घरभित्र खाइलाग्दा भुँडीवाल मानिसहरुले खेल्ने खेल हो त्यो । पुरानो राजाले आफ्नै ठूलो बिर्ता नजिक बनाएको घर । उनका आफ्न्तहरु रक्तचाप पीडित थिए रे । पोष लागेको ज्यानलाई ठीक ठाउँमा ल्याउनका लागि ब्याडमिन्टन खेल्दा जाति हुन्छ रे वगडिया ।

ओनमा ः अरुले खेल्दा नि हुन्छ होला नि त्यो खेल !

गोनमा ः हुन्छ हुन्छ तर अलि खर्चालु हुन्छ । अनि युवाहरुलाई त्यहाँ खेल्ने मेसो नै मिल्दैन । दाँत फुक्लेका बुढाहरु छन् रे खेलाडीहरु । दिनभरी विजनिस गर्छन् , बिहान यसो पोष घटाउन जान्छन् ।

ओनमा ः यहाँ गुरुधाममा हुने फुटबल खेलमा त प्रगन्ना भरीका मानिसहरु कमिलाको गोलो झैं धुइरो र ओइरो लागेर हेर्न आउँथे । गुरुधामको खेलग्राममा हुने फुटबल खेलमा भूईँमान्छेदेखि ठूलावडा कहलिएकाहरु सबैलाई मनोरञ्जन हुन्थ्यो । अनि यो फुटबल प्रतियोगिता नहुने ब्याडमिन्टन चाँही किन हुने ? वगडिया भन भन मलाई । यो दोपहर घाममा बसिवियाँलो कुरा बुझौं भनेर आएको म ।

गोनमा ः वगडिया ! ब्याडमिन्टन खेलका खेलाडी र खेल आयोजना गर्ने मुख्य मान्छेको नाम नै ज्ञानवान । उनी श्रेष्ठतम कुलका मान्छे । उनको घर पनि मैनावती खोला पश्चिमपट्टी एउटा विशिष्ठ मानिसहरु बस्ने गाउँमा । उनी धनीमानी अनि गोलबजारका राजाको नाता पर्ने । त्यसैले हो ११ लाख खर्च गरेर ब्याडमिन्टन प्रतियोगिता गर्न राजाले सर्लक्कै बजेट छुट्याएका । कुरा नबुझे गुरुधाम जानु भन्छन् । लाटा वगडिया – गुरुधामै भएर कुरा बुझ्दैनौ ।

ओनमा ः होइन हौं कुरा त बुझ्छु तर अहिलेका राजा त मापाका रछन् । यिनका कुरा बुझिनसक्नु । अनि यहाँ यत्रो खेलमैदान किन बनाएको त ? गुरुधामको खेलमैदान पनि गोलबजार नगरपालिका भित्रै छ त ?

गोनमा ः हैट कुरा ग¥यो कुरैको दुख । कति कुरा आएको तिमीलाई ? तिमी पनि पत्रकार अर्जुन थपलिया जस्तै भएछौं । कोट्याको छ , कोट्याको छ ।

ओनमा ः उसकै त गाउँले छिमेकी , अलि अलि सिको त गर्नै प¥यो नि !

गोनमा ः हेर वगडिया , पहिले देश अनि जिल्ला,त्यसपछि आफ्नो नगर , अनि नगर पछि आफ्नो वडा , वडा पछि आफ्नो गाउँ टोल , त्यसपछि आफ्नो जात, त्यसपछि नाता कुटुम्ब । अनि परिवार र परिवारमा पनि साख्खै….. । यसरी साँघुरो पार्दै लैजाने हो घेरा । यसैलाई भनिन्छ नतावाद, कृपावाद , जाति र क्षेत्रवाद ।

फुटवल प्रतियोगिता गुरुधाममा भयो भने गुरुधामकै युवाहरुले मुख्तियारी खोज्लान । बजेटको डाडु पुन्यु माग्लान । रमाइलो पनि यतै होला । राजाको मन कटक्क खान्छ । राजाका आसेपासेहरुको मन कुढिन्छ । एक पटक कुरा खुस्केपछि त पर पर परैसम्म पुग्छ नि ! परम्परा बस्छ । उनलाई पनि त छरछिमेकमा भन्ने मान्छे होलान , राजा भएर पनि खेल मैदान चोहर्वा ल्याउन सकिनस् ।

ओनमा ः अनि गुरुधाम त राजाकै पार्टीको लालकिल्ला हो त । अहिले पनि पार्टी स्थापना गर्ने बुढाहरु जिम्दैछन् त । यो गाउँबाट भोंट त ह्वारह्वार्ती हालेका थिए त राजाका दाजुभाइलाई । वडाध्यक्ष पनि राजाकै पार्टीका हुन् त । अनि किन त हँ यस्तो डाहा ?

गोनमा ः बाजेले घीउ खाएका थिए , मेरो हात सुघँ सुघँ भनेर हुन्छ ? सत्तामा श्रीपेच र कल्की लगाएर बसेका राजाको पेट सानोको हुन्छ त ? घ्याम्पो जत्रो हुन्छ । सोहर साहर पारेर नहालेसम्म ढ्याउ आउँदैन नि वगडिया ।

पहिलो कुरा सकभर खेल सारेर चोहर्वा लैजाने कोसिस हो । त्यसो गर्न नसके कमसेकम डाडु पन्यु चलाउने मान्छे आफ्नै वंशका वा अह्रयाए बमोजिम खटन पटन मान्ने राख्नु प¥यो । भोलिका दिनमा बिल भर्पाई यसो मेसो मिलाएर हाल्न जान्ने र मान्ने हुनु प¥यो । आखिर दुनियाँ चार पैसाकै लागि हैरान हुने हो नि ! हात लाग्यो शुन्य हुने हो भने किन फुटवल प्रतियोगिता गराउनु त राजाले ? त्यो पनि गुरुधाममा । तिमी त वगडिया एक तिर काटे ढुङ्ग्रो दुईतिर काटे पुङमाङ रहेछौ ।

ओनमा ः फेरि अर्जुनले जस्तो नबुझ्ने शब्द नभन न बगडिया पुङमाङ भनेको बुझिन मैले ।

गोनमा ः चौपट नाथ गिरधारी भनेको हो । अब त बुझ्यौ वगडिया ।

ओनमा ः लौ त्यसो भए अर्कै पार्टीको मेयर हुँदा पनि हाम्रै एमाले पार्टीका गब्बर दाईलाई फुटवल प्रतियोगिता गराउन दिएका थिए । अहिलेका राजाले उनैलाई दिए हुन्छ त !

गोनमा ः जति गरे पनि मह चाट्न त आफ्नै हात हुनुपर्छ वगडिया । अर्काको हातको मह चाट्न सकिन्न नि ! एकै पार्टीका भएर के गर्नु ! उनी सजिलो छैनन् । थपक्क अरन खटन मान्दैनन् होला । बाङ्ठिने मान्छे हाम्रा राजालाई मन पर्दैन । वगडिया कुरा बुझ न ।

ओनमा ः अनि हाम्रा गुरुधामका बुढापाकाहरु त कोके कालदेखिका पार्टीमा लागेका भन्छन् त । यिनीहरु कोही पनि बोल्दैनन्
?
गोनमा ः लौ हेर हामी गुरुधामेहरु अहिलेका राजाका पुरानो सुर्ती खेती गर्ने रैती । उनीहरु हाम्रा महाजन । प्रजातन्त्र आएपछि हामीले हाम्रो नेता बनिदिनुस् हजुर भनेर बिन्ती गरेर पार्टीमा ल्याएको अरे । ति दुई तीन जना बुढाहरु त्यसै भन्छन् । हाम्रा गुरुधामकाहरुसँग पुँजी भएन , हेर्दा पनि हिस्सी परेका लायकदार भएनन् । पढाईको डिग्री भएन । अनि खप्परमा पनि त हुनु प¥यो नि ! छोड वगडिया यी कुरा । बारह सत्ताइस कुरा नगर ।

ओनमा ः गुरुधाममा किन खेल गर्न नमानेको रे ? लौ भन त बगडिया ।

गोनमा ः पहिलो कुरा त राजाको दरवार चोहर्वामा छ । दरवार वरिपरी नै राम्रो रमाइलो होस् भन्ने त मनसुवा भैहाल्छ नि ।

ओनमा ः अनि यतिसारो गुरुधामलाई हेप्ने , पक्षपात गर्ने र आफ्नै दुनो मात्र सोझयाउने हो भने भोलिका दिनमा के भनेर भोट माग्ने होला हँ ?

गोनमा ः चुनाव जित्ने तरिका राजा र उनका परिवारलाई थाहा छ वगडिया । सूर्य छाप जति मरिकाटे अन्त भोट हाल्दैनन् । अलि अलि मुन्टो बटार्नेलाई चारो हालेर सोझ्याइ हाल्छन् । पीर के को ?

ओनमा ः लौ जेसुकै होस् वगडिया हामीले गुरुधामको इज्जत राख्नैपर्छ । राजाले दिएनन् भने मुठी चामल उठाएर पनि खेलमैदानमा फुटवल गराउनै पर्छ । म अरु जस्तो होइन है । सत्य कुरा त म ‘फल्याङकी ’ भन्छु । मलाई त डर छैन । भोट माग्न आउँदा दुई कुरा त सोध्छु म । गुरुधामको बाटो पिच किन नगरेको र फुटवल खेलमा गुरुधामका युवालाई घचेटेर भित्तामा किन पु¥याएको ? कात्तिके चास मरे मर्ला म त एउटा औधी गरेरै छाड्छु ।


प्रकाशित : २०७९ चैत्र २४ शुक्रबार