
गत आइतबार जनकपुरमा नेपाल सरकारबाट मुक्त घोषणा गरिएका लगभग तीन दर्जन जति हरवाचरवाका अगुवाहरु भ्ेला भएका थिए । उनीहरुले एक गोलमेच सम्मेलनको आयोजना गरेका थिए । सम्मेलनमा हरवाचरवाको पीडा र पुनस्र्थापनाको अन्तर्नाद सुन्न आएका थिए मधेस प्रदेश सरकारका गृह् , सूचना तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंह कोईरी । उनका साथमा केही प्रदेश सांसदहरु पनि आएका थिए ।
जनकपुरमा सो गोलमेच सम्मेलनको आयोजना हरवाचरवा सवालमा मुक्ति र पुनस्र्थापनाका लागि जनवकलात गरिरहेको संस्था जनचेतना दलित संगम मधुपट्टी सप्तरीले गरेको थियो । गोलमेच सम्मेलनमा बरिष्ठ पत्रकार मणिलाल विश्वकर्माले तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथि पत्रकार अर्जुन थपलियाले टिप्पणी गरेका थिए ।
कार्यपत्रमा मधेस प्रदेशमा बधुवा मजदुरको रुपमा दास प्रथाको अवशेष हरवाचरवाहरु अझै पूर्ण मुक्तिको लागि छटपटाई रहेको तथ्य प्रस्तुत गरिएको थियो । गोलमेच सम्मेलनमा हरवाचरवाहरुलाई पुनस्र्थापना गर्नुको सट्टा स्थानीय तहको सरकारले सडक विस्तार गर्ने नाममा उठिबास लगाएको पीडा पोखेका थिए । उठिबास रोक्न र गरिब, दलित तथा हरवाचरवालाई वैकल्पिक थातबासको व्यवस्थाम गर्न गृह , सूचना तथा सञ्चार मन्त्री सिंहलाई ज्ञापन पत्र पनि बुझाइएको थियो । घरबास बमोजिमको जग्गा र खेतीयोग्य भूमिको लालपुर्जा दिएर हरवाचरवालाई दासताबाट मुक्त नागरिक बनाउन प्रदेश सरकारलाई आग्रह गरिएको थियो ।
प्रतिउत्तर भाष्णमा मन्त्री सिंहले हरवाचरवा समस्या आफूलाई अवगत भएको र यस सवालमा आफू लगायत प्रदेश सरकार निकै संवेदनशील रहेको बताए । उनले भने मैले सक्ने जति प्रयास गर्छु र हरवाचरवा पुनस्र्थापनाका लागि बजेट छुट्याउन सरकारमा प्रस्ताव लैजान्छु । उठिबासको समस्या समाधान गर्न स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गर्ने भन्दै मन्त्री सिंहले वैकल्पिक व्यवस्था नगरी थातबास उजाड गर्न पाइदैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा बधुवा मजदुर रहिरहनु अशोभनीय हुन्छ ।