सम्पादकीय
गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठलाई लक्षित गरी मोविल छ्याप्ने र दुव्र्यवहार गर्ने प्रयत्न भएको घटनालाई सभ्य समाजले कुनै हालतमा समर्थन गर्न मिल्दैन । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोध गर्ने , लेखेर , बोलेर वा बिना हातहतियार सभा जुलुस गरेर असहमति जनाउने अधिकार नेपालको संविधान २०७२ ले सुरक्षित गरेको छ । गोलबजार नगरपालिका वा स्वयं मेयर श्याम कुमार श्रेष्ठको कुनै कार्यशैली नियम विपरीत लागे त्यसको शान्तिपूर्ण विरोध गर्ने कानूनी बाटो र संवैधानिक हक नागरिकहरुका लागि खुला छ । तर शान्तिपूर्ण बाटो छोडेर मेयर श्रेष्ठलाई अपमानित गर्ने र उनको मान सम्मानको हुर्मत लिएर मानव अधिकारको हनन् गर्ने कार्य निश्चय पनि दुखःदायी छ । मानव अधिकारको विपरीत छ ।
मूलधारको राजनीतिक मार्गमा लागेका कुनै पनि राजनीतिक दलका कार्यकर्ताले अशान्ति मच्चाउने , अर्को दलका नेता तथा कार्यकर्तालाई अपमानित गर्ने , हुलहुज्जत गर्ने वा सांघातिक आक्रमण गर्ने जस्ता कार्यले लोकतन्त्रलाई मजबुत बनाउन सघाउँदैन । समाजमा अमन चयन खल्बलिन्छ । त्यसकारण राजनीतिक दल र तिनका कार्यकर्ताहरु संविधानले तोकेको दायरामा रहेर मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय घोषणा पत्रको पालना गर्दै राजनीतिक अभ्यास गर्नु गराउनु पर्दछ । मेयर श्याम कुमार श्रेष्ठ प्रति गरिएको अपमानजनक दुव्र्यवहार मानव अधिकारका दृष्टिकोणले विरोध गर्न योग्य छ ।