आमाको कृया भोजमा दलितहरुलाई छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवलाई कानूनी कारवाहीको माग गर्दै संयुक्त दलित मोर्चा सिरहाले भोलि शनिवार १२ बजे गोलबजारमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।
मेर्चाका एक सदस्य संजय महराले बताए अनुसार आन्दोलनका बलमा नै दलितले गुमेको मानव अधिकार प्राप्त गर्ने परम्परा छ । आन्दोलन नगरी राज्यका निकायहरुले सुन्दैन र दलितको पक्षमा कानून कार्यान्वयन गर्दैन । त्यसकारण बाध्य भएर विरोध प्रदर्शनमा उत्रिनु परेको हो ।
अर्का दलित अधिकारकर्मी शिव कुमार महराले सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, मानव अधिकारकर्मी तथा विद्यार्थीहरुलाई दलित आन्दोलनमा सहभागी भइ सहयोग गर्न आह्वान गरेका छन् । विरोध प्रदर्शन पूर्णतया शान्तिपूर्ण रहने र दोषीहरुमाथि कानूनी कारवाहीको लागि दबाब सृजना गर्ने उद्देश्यले आयोजना गरिएको महराकोे कथन छ ।
संयुक्त दलित मोर्चाले भोलि गोलबजारमा विरोध प्रदर्शन गर्ने
प्रकाशित : २०७९ फाल्गुन २६ शुक्रबार