जातीय विभेद गर्ने पालिका अध्यक्ष उग्र नारायण यादवलाई पक्राउ गरी कारवाही गर्न दलित आयोगको निर्देशन

[sharethis-inline-buttons]

काठमाडौं ÷ फागुन २५
राष्ट्रिय दलित आयोगले जातीय विभेद गरी दलित समुदायलाई अलग राखेर भोज खुवाउने भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारयण यादवलाई पक्राउ गरी कानूनी कारवाही गर्न नेपाल सरकारलाई निर्देशन गरेको छ ।
आयोगद्वारा आजै प्रकाशित विज्ञप्तीमा भनिएको छ “ कानून उलंघन गर्ने जो सुकै होस् –छुट दिइनु हुँदैन । अध्यक्ष यादवले दलित समुदायलाई अछुत व्यवहार गरेर अलग राखेर भोज खुवाउने कार्य गरेको र उक्त कार्य  अन्तर्राष्ट्रिय कानून, नेपालको संविधान २०७२ र अन्य प्रचलित नेपाल कानूनको विरुद्ध छ भन्दै निज अध्यक्ष यादवलाई कानून बमोजिम नियन्त्रणमा लिएर कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोगले अपमानित गरिएका दलित समुदायको मानव अधिकारको रक्षाका लागि सम्बद्ध सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ ।
गत २२ फागुनमा अध्यक्ष यादवले आफ्नी माताको स्वर्गरोहणको कृया भोजमा कथित पानी नचल्ने दलित जाति र गैर दलितहरुलाई अलग राखेर भोज खुवाएका थिए । सञ्चार माध्यमहरुमा समाचार प्रकाशित भए पछि आयोगको ध्यान आकर्षित भएको आयोगले जनाएको छ ।


प्रकाशित : २०७९ फाल्गुन २५ बिहीबार