गोलबजार नगरपालिकाद्वारा आवधिक योजना तयारी कार्यशाला सम्पन्न

[sharethis-inline-buttons]

गोलबजार

गोलबजार नगरपालिकाले आगामी चार वर्षका लागि आवधिक योजना तर्जुमा गर्ने भएको छ । आवधिक योजना तर्जुमा प्रयोजनका लागि नगरपालिकाले गोलबजारमा एक कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । फागुन २० गते शुक्रवारका दिन उद्योग व्यापार संघ गोलबजारको अतिथि सदनमा आयोजित कार्यशालामा नगर प्रमुख , उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्यहरु तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यशालामा पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुलाई पनि आमन्त्रण गरिएको थियो ।

आवधिक योजना तर्जुमा गर्ने जिम्मेवारी गोलबजार नगरपालिकाले श्रेष्ट कन्सलटेन्सी , एकान्तकुना, ललितपुरलाई दिएको छ । कन्सलटेन्ट योजना विज्ञ मनिराम सिंह महतले आवधिक योजना वडा वडामा गएर सर्वसाधारण जनता तथा जनप्रतिनिधिहरुसँग परामर्श गरेर तर्जुमा गरिने बताए ।

नगर प्रमुख श्याम कुमार श्रेष्ठले संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनु अगावै योजना तर्जुमा सम्पन्न गरेर संघीय सरकारका विभिन्न मन्त्रालय तथा योजना आयोगमा पठाइने बताए । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले गोलबजार नगरपालिकाले वेभसाइटमार्फत सूचना प्रवाह गर्ने व्यवस्था गरिएको बताए ।

कार्यशालामा नेपाली कांग्रेसका राजदेव साह ( लालबाबु ) , नेकपा एकीकृत समाजवादीका योगेन्द्र सिंह र जसपा नेपालका हिरा यादव लगायत अन्य व्यक्तित्वहरुले पनि सुझाव प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०७९ फाल्गुन २० शनिबार