अनेरास्ववियुको क्याम्पस इकाई कमिटी गठन

[sharethis-inline-buttons]

गोलबजार सम्बाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) को भातृसंगठन अनेरास्ववियुको श्री राम प्रताप राम प्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पस गोलबजारमा इकाई कमिटी गठन गरिएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष तथा विद्यार्थी नेता कमरेड सुरेश कुमार यादवको अध्यक्षतामा भएको विद्यार्थी भेलाले क्याम्पस स्तरीय इकाई कमिटी गठन गरेको हो ।

विद्यार्थी भेलाले अमित साहलाई अध्यक्ष तथा प्रताप महरालाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । त्यसैगर्री उपाध्यक्षमा द्वय अरविन्द यादव र अनिल साह , सचिवमा मनिष कर्ण , कोषाध्यक्षमा दीपिका मोची र सहसचिवमा अजय साहलाई चयन गरिएको छ । इकाई कमिटीका सदस्यहरुमा रामनाथ साह , रीता महतो, सुरज सिंह , जाकिर कर्ण , अल्का यादव, निरज मेहरा, जित पासवान , शैलेन्द्र सिंह , कासिन्द्र पासवान, सुसिता राना मगर, दीपेस साह , गरिमा पूर्वछाने , सुनिल यादव , राजकपुर सिंह , अजित सिंह , कविता साह , इशारत प्रवीण, रिया सिंह र सोहरव अहमद चयन हुनु भएको छ ।

विद्यार्थी भेलामा अनेरास्ववियुले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम पनि आयोजना गरेको थियो । नव निर्वाचित कमिटीलाई अध्यक्ष कमरेड सुरेश कुमार यादवले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 


प्रकाशित : २०७९ फाल्गुन ५ शुक्रबार