पुस्तक विमोचन   

[sharethis-inline-buttons]

काठमाडौँ, ३ फागुन
नोदनाथ त्रितालद्वारा लिखित ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ पुस्तक विमोचन गरिएको छ ।

नेपाल ल क्याम्पसको संयोजनमा आयोजित कार्यक्रममा ल क्यापसका प्रमुख डा डिएन पराजुली, कानुन सङ्कायका डीन कृष्णप्रसाद बस्याल, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक किशोर सापकोटा र त्रिविको आर्थिक सहनियन्त्रक पुष्पराज पौडेलले संयुक्तरूपमा सो पुस्तक विमोचन गर्नुभयो ।

कार्यक्रममा ल क्यापस प्रमुख पराजुलीले भन्नुभयो, “विश्वविद्यालयबाट अनावश्यक सूचना छताछुल्ल भएको र चाहिने सूचना नपाएको अवस्था छ । गोपनीयताको हकबाहेकका सूचना लुकाउनु आवश्यक छैन ।” पुस्तक अनुसन्धानमा आधारित रहेकाले त्रिविको सुधारमा सहयोग पु¥याउने उहाँको भनाइ छ ।

पुस्तकको समीक्षा गर्दै राससका अध्यक्ष झाले भन्नुभयो, “सूचनाको हक निश्चित नभएसम्म अन्य हकको निश्चित हुँदैन, पुस्तक त्रिभुवन विश्वविद्यालयमा केन्द्रित रहेर प्रकाशन गरे पनि समग्र क्षेत्रको सूचनाको हकको यर्थाथ चित्रण गरिएको छ । पुस्तकले अनुसन्धानको अनुशासनलाई अङ्गीकार गरेको छ ।”

पचास निकायले मात्र सूचना अधिकारी तोकेर विवरण अध्यावधिक गराएको र कानूनी अनुसन्धानमा कूल ३४ वटा निकायमा नियुक्त सूचना अधिकारीलाई उत्तरदाताका रूपमा चयन गरी सूचना सङ्कलन गरिएको समीक्षक उपप्रध्यापक सापकोटाले जानकारी दिनुभयो । विद्यार्थीको सिर्जनशीलता, अनुसन्धानको लागि सन्र्दभ सामग्रीको रुपमा रहोस् भनी पुस्तक प्रकाशन भएको लेखक त्रितालले बताउनुभयो ।


प्रकाशित : २०७९ फाल्गुन ३ बुधबार