धन्यवाद प्रस्ताव प्रस्ताव पारित   

[sharethis-inline-buttons]

काठमाडौँ, २७ माघ
राष्ट्रियसभाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय ससद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्वोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । यसअघि बैठकमा सदस्य गङ्गाकुमारी बेल्वासेले धन्यवादको प्रस्ताव प्र्रस्तुत गर्नुभएकोमा सदस्य भैरवसुन्दर श्रेष्ठले समर्थन जनाउनुभयो । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्वोधनको प्रति टेबुल गर्नुभएको थियो ।

बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी व्यहोराको पत्र वाचन गरेर सुनाउनुभयो । राष्ट्रियसभाको अर्काे बैैठक आगामी फागुन २ गते दिनको एक बजे बस्नेछ । —


प्रकाशित : २०७९ माघ २७ शुक्रबार