धमिनी स्थानमा व्यापारिक मल नबनाउन सचेत गराउँदै ज्ञापन पत्र

[sharethis-inline-buttons]

अर्जुन थपलिया
माघ १८ ,सिरहा ः अनेरास्ववियु , अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ तीनवटा विद्यार्थी संगठनले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नगर उप प्रमुख मानती साहलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै विद्यार्थी संगठनका नेताहरुले धर्म स्थलमा व्यापारिक मल निर्माण गर्न खोज्नु गैर कानुनी कार्य हो भनेका छन् ।
विद्यार्थी नेताहरु सुरेश कुमार यादव , पारस यादव र पप्पु कुमार यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ “ धमिनी मन्दिर परिसरमा व्यापारिक मल निर्माण गर्ने गोलबजार नगरपालिकाको प्रस्तावित योजनाको हामी घोर विरोध गर्दछौं । ” धमिनी मन्दिर परिसरमा व्यापारिक मल निर्माण गरेर सामाजिक तथा धार्मिक भावनामाथि ठेस नपु¥याउन सचेत गराउँदै विद्यार्थी संगठनका नेताहरुले व्यापारिक मल निर्माण गरिएको त्यसको विरोधमा सघर्ष गर्ने चेतावनी दिएका छन् ।


सञ्चार माध्यमहरुमा धमिनी स्थानमा व्यापारिक मल निर्माण गर्ने समाचार प्रकाशित भए पछि ध्यान आकृष्ट भएको जनाउँदै विद्यार्थी नेताहरुले ज्ञापन पत्रमार्फत नगरपालिकाद्वारा प्रस्तावित व्यापारिक मल निर्माण गर्न ऋण दिने निकाय नगर विकास कोष काठमाडौंलाई पनि ऋण प्रवाह नगर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहा , जिल्ला प्रहरी कार्यालय सिरहा र नगर विकास कोष काठमाडौंलाई समेत वोधार्थ गरिएको ज्ञापन पत्रमा धमिनी स्थान खाली गरेर त्यहाँ रमणिय उद्यान बनाउन माग गरिएको छ ।


प्रकाशित : २०७९ माघ १८ बुधबार