उप प्रधान तथा गृहमन्त्रीको सांसद पद बदर

[sharethis-inline-buttons]

सर्वोच्च अदालतबाट आज आएको फैसलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति , उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिक नठहरिने र सांसद हुन अयोग्य हुने फैसला सुनाएको हो । यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ ।
लामिछानेले अमेरिकी नागरिकता लिएको तर अमेकिी नागरकता त्यागेपछि नेपाली नागरिकता पुन प्राप्तिका लागि प्रकृया नै पूरा नगरेको फैसलामा उल्लेख छ । नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी कानुनसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नरहेको अदालतको ठहर छ । लामिछाने २०७९ साल मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।


प्रकाशित : २०७९ माघ १३ शुक्रबार