कालीकाेटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

[sharethis-inline-buttons]

कालीकोट । डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

कालीकोट जिल्लाको  सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो ।

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिनुभयो ।

“डोजरमा आठ जना सवार रहेकामा दुई जनाको मृत्यु भएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्”, उहाँले भन्नुभयो, “दुर्घटनामा तीन जना घाइते भएका छन् ।”

डोजर कर्णाली करिडोर नजिकै ८० मिटर तल नदीमा खसेको छ ।

मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीय युवराज बुढा छन् । प्रहरी कार्यालयका अनुसार चालक चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता डिएसपी रिमालले जानकारी दिनुभयो ।

त्यसैगरी घाइते हुनेमा रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारती हुनुहुन्छ । घाइतेहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ मंसिर २५ आईतवार