काठमाडौ । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो शुक्रबार लगाउने भएको छ ।
नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिनुभयाे।
नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ ।
एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।
प्रकाशित : २०७९ मंसिर २३ शुक्रबार