काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीमा दलहरुले ल्याएको मतका आधारमा सिट विभाजन गरेको छ । समानुपातिकमा न्यूनतम ३ प्रतिशतदेखि माथी मात ल्याउने सात दलको मतका आधारमा सिट विभाजन भएको हो ।
आयोगले दलहरुको सिट संख्या बाँडफाँट सकेसँगै अब दलहरुले प्रत्यक्ष र समानुपातिकमा पाएको सिट संख्या एकिन भएको छ ।
प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले ५७ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ भने समानुपातिकमा ३२ सिट ल्याएर ५९ सांसद संख्या पुर्याएको छ । प्रत्यक्षमा ४४ सिट जितेर दोश्रो बनेको नेकपा एमालेले समानुपातिकमा सबैभन्दा बढी ३४ सिट पाएर ७८ जना सांसद भएको पार्टी बनेको छ ।
त्यसैगरी, काठमाडौं । गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेपाली कांग्रेस पहिलो दल बनेको छ । तर, बहुमत भने कुनै दलले पनि ल्याउन सकेन ।
बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत परिणामको अन्तिम टुंगो लागेको हो ।
अन्तिम नतिजा अनुसार प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । अब कांग्रेससँग जम्मा ८९ सिट भएको छ ।
पूर्व सञ्चारकर्मीसमेत रहेका रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट गरी जम्मा २० सिट जितेर चौँथो ठूलो शक्ति बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० पनि बलियो बनेको छ । राप्रपाले प्रत्यक्षमा सात र समानुपातिकमा पनि सात गरी १४ सिट जितेर पाँचौँ शक्ति बनेको छ ।
प्रत्यक्षमा पाँच र समानुपातिकमा सात गरी १२ सिटसहित जनता समाजवादी (जसपा) छैटौँ ठूलो दल बनेको छ ।
प्रत्यक्षमा एक र समानुपातिकमा पाँच सिट जितेर सीके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दल बनेको छ ।
यी सात दलबाहेक अरूले समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेकाले राष्ट्रिय दल बन्न सकेनन् ।
एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा १० सिट जितेको छ । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ ।
नेमकिपा र राष्ट्रिय जनमोर्चाले समान १–१ सिट जितेका छन् । यस चुनावबाट पाँचजना स्वतन्त्र सांसद् पनि विजयी भएका छन् ।