सुनसरीमा मतगणना अन्तिम चरणमा, मन्त्री काकी जम्मा ६२ मतले अगाडि

[sharethis-inline-buttons]

काठमाडौं । सुनसरीमा मतगणना अन्तिम चरणमा पुगेको छ । यतिबेला सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवा ज्ञानेन्द्र बहादुर कार्की अगाडि छन् ।

कार्कीले २७ हजार ५०९ मत पाएका छन् भने उनका प्रतितिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले २७ हजार ४४७ मत पाएका छन् । उनीहरुबीच जम्मा ६२ को मतान्तर रहेको छ ।

मत गणनाका क्रममा विवाद भएपछि सुनसरी ४ को गणना २ दिन रोकिएको थियो । निर्वाचन आयोगले मत गणना सुचारु गर्न निर्देशन दिएपछि पुनः मत गणना कार्य शुरु गरिएको हो ।


प्रकाशित : २०७९ मंसिर १५ बिहीबार